१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

फस्टलुकमा ‘अदालत’

काठमाडौं – समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार, अवैध धन्दाजस्ता आपराधिक एवं संवेदनशिल घटनाका विरुद्ध न्यायको कथा प्रस्तुत गरिएको फिल्म ‘अदालत’को फस्टलुक सार्वजनिक भएको छ। फिल्म आगामी फागुन २४ गते प्रदर्शन हुँदैछ।

फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्मित फिल्ममा दिनेश लिङ्देनको लेखन तथा निर्देशन छ। ‘फिल्मको विषयबस्तु नै अपराधीलाई कारवाही गर्दै अदालतले कसरी पीडितलाई न्याय दिन्छ भन्ने हो’, उनले भने, ‘हामीले फिल्ममार्फत अदालतको न्याय प्रक्रियालाई देखाउन खोजेका छौं।’

फिल्ममा एलिना बास्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, मेखबहादुर मगर, उदय सुब्बा, प्रेम आले, दिपक क्षेत्री, राजु घिमिरे, दिलिप ठकुरी, पुन्य ओझा, अजय खडकाआदिको मुख्य भुमिका रहेको छ। मदन, राजकुमार, रुद्र र शान्तिले यसै फिल्मबाट डेब्यु गरेका हुन्।

फिल्ममा डा. डिजन भट्टराईको गीत, रोशन बान्तवा राईको संगीत, दिनेश माङमुको नृत्य, राजु किराँतीको द्वन्द्व, विक्रम डिसिको छायांकन छ। फिल्ममा बसन्त थेवे कार्यकारी निर्माता, मेखबहादुर मगर सह–निर्माता र आरपी दाहाल प्रस्तुतकर्ता छन्। फिल्ममा कविता राई लिङ्देन निर्मात्री छिन्।

प्रकाशित: १३ पुस २०७५ ०१:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App