१७ असार २०८१ सोमबार
image/svg+xml
कला

रग्बी फेस्टिभलमा स्वस्तिमा

काठमाडौं– नेपाल ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्काले नृत्य प्रस्तुत गर्ने भएकी छिन्। कार्यक्रममा स्वस्तिमासँगै नेपाली संगीत तथा फिल्म क्षेत्रमा २ दर्जन भन्दा बढी कलाकारले एकै मञ्चमा आफ्नो प्रस्तुति दिने भएका छन्। नेपाल रग्बी एसोसियसनले गर्न लागेको कार्यक्रम मङ्सिर २२ गते शनिबार टुँडिखेलमा हुनेछ। सो कार्यक्रममा वर्ल्ड रग्बीको ट्रफी सार्वजनिकसमेत गरिनेछ।

सर्वसाधारणका लागि निशुल्क प्रवेश रहेको उक्त कार्यक्रममा २५ हजार भन्दा बढी दर्शकको उपस्थिती रहने आयोजकको अनुमान रहेको छ। उक्त लाइभ शोमा अभिनेत्री स्वस्तिमा खड्काबाहेक, गायक सुगम पोखरेल, प्रमोद खरेल, आशिष राना ‘लाउरे’, नितेश जंग कुवर, स्वप्न सुमन, एक्स ब्यान्ड, अभया एन्ड द स्टिम इन्जिन ब्याण्ड, डिजे सुरेन, डिजे कुइन् लागायत २ दर्जन बढी कलाकारले आफ्ना सिर्जना प्रस्तुत गर्नेछन्।  

कमेडियन सन्दिप क्षेत्री र शुभेक्षा खड्काले संचालन गर्ने कार्यक्रम बिहान १० बजेदेखि साँझ ७ बजे सम्म हुनेछ।

प्रकाशित: ५ मंसिर २०७५ ०५:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App