१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

पौडेल हाइकुको अन्तर्राष्ट्रिय मञ्चमा

काठमाडौं – कवि तथा भाषा सेवी प्रकाश पौडेल ‘माइला’ वल्र्ड हाइकु एसोसिएनको कार्यकारी सदस्यमा चयन भएका छन्। सन् २०१८ देखि २०२० सम्मको दसाैं कार्यकारी समितिको सदस्यमा वल्र्ड हाइकु एसोसिएनका सदस्यहरूले पौडेललाई अन्तर्राष्ट्रिय जगतमा हाइकु प्रवर्धनमा महत्वपूर्ण भुमिका निभाएको भन्दै उक्त पदमा चयन गरेका हुन । कार्यकारीमा नियुक्त हुने उनी पहिलो नेपाली कवि हुन्।

जापानको राजधानी टोकियो नजिकै साइतामा प्रान्तमा केही सातापछि हुने कार्यक्रममा उनलाई पदभार र गोपनीयताको सपथ खुवाउने कार्यक्रम छ । पौडेललाई आगामी साल टोक्योस्थित मेइजी युनिभर्सिटीमा हुने विश्व हाइकु सम्मेलन कार्यक्रमको मूल आयोजक समितिमा पनि स्थान दिइएको छ । जापानको राष्ट्रिय हाइजिन ( हाइकु कवि ) समूहमा प्रवेश पाउने उनी पहिलो विदेशी पनि हुन्।

‘यो मेरो मात्र सफलता होइन, साहित्यमा सक्रिय सबै नेपाली विशेषगरि कवितालाई माया गर्ने सम्पूर्ण कविहरुको सफलता हो ।’ वर्ल्ड हाइकु एसोसिएसनको कार्यकारी सदस्यमा नियुक्त भएको खबर लगत्तै नागरिकसँग पौडेलले भने, ‘हाइकुको माध्यमबाट पनि नेपालमा पर्यटक भित्र्याउन सकिन्छ भन्ने मेरो मान्यता छ । यो नियुक्तिले मलाई मेरो सपना सफलताको नजिकै छ भन्ने विश्वास लागेको छ।’

गएको महिना उनकै नेतृत्वमा टोकियोमा अन्तर्र्रािष्ट्रय नेपाली हाइकु सम्मेलन २०१८ भएको थियो । जस्मा वर्ल्ड हाइकु एसोसिएसनका निर्देशक नाचुइशी बान्या सहित झन्डै एक दर्जन जापानी हाइकु कविले सहभागिता जनाएका थिए।   पौडेलका हाइकुसम्बन्धी आधा दर्जन बढी कृति प्रकाशन भएका छन्।

प्रकाशित: २७ कार्तिक २०७५ ००:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App