१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

नोभेम्बरमा किन गर्दैछन् विवाह ?

मुम्बई – दीपिका पादुकोन र रणवीर सिंहको विवाहको खबर पुरानो हो । दुवैबीच मन मुटावको खबर बाहिरिएपछि दुवैले एक अर्कालाई चुम्बन गरिरहेको फोटो सार्वजनिक गरिदिएर दुवैले हल्लालाई निराधार साबित गराएका थिए।

यसपछि एकादुई पटक विवाहको मिति सम्बन्धि खबर पनि सार्वजनिक भएका थिए । तर समाचारमा आएका कुनै पनि मितिमा दुवैले विवाह गरेनन् । अन्ततः दुवैले सामाजिक सञ्जालमा विवाहको कार्ड सार्वजनिक गर्दै बिहे हुने मिति सार्वजनिक गरे ।  तर योसँगै मितिलाई लिएर भारतीय मिडियामा अनुमानको खेती सुरु भएको छ । सार्वजनिक कार्डमा दुवैले विवाह १४ र १५ नोभेम्बरमा हुने बताएका छन् तर ठाउँ कहाँ हो खुलाएका छैनन् । तर उनीहरूले यही मिति किन रोजे ? धेरैले  यसलाई दुवैको पहिलो फिल्मको प्रदर्शन मितिसँग  जोडेर हेरेका छन्।

केही सञ्चारमाध्यमको दाबी अनुसार दुवैले यो मिति छान्नमा दुवैको अभिनय रहेको पहिलो फिल्म ‘राम लिला’ हो । दीपिका र रणवीरले पहिलो पल्ट स्क्रिन सेयर गरेको फिल्म ‘राम लिला’ नोभेम्बर १५ मा रिलिज भएको थियो र बक्स अफिसमा सुपरहिट भएको थियो । यसपछि दुवैले पालैसँग ‘बाजीराव मस्तानी’ र ‘पद्यावत’मा काम गरेका थिए जुन फिल्म पनि उत्तिकै चलेका थिए । सँगै गरेको पहिलो काम नै सफल भएको स्मरण गर्दै उनीहरूले नोभेम्बरको त्यो तारिख छानेको हुन सक्ने केहीको अड्कल छ।

स्रोतका अनुसार दुवैको विवाह भने इटलीकोे लेक कोमोमा हुनेछ जहाँ रणवीर र दीपिकाका खास साथी मात्र सामेल हुनेछन् ।  भारतमा भने मुम्बईमा र बैंगलोरमा पार्टी दिने दुवैको तयारी छ ।  यसैगरी विवाह पनि दक्षिण भारतीय शैली र उत्तर भारतीय शैलीमा हुने समाचारमा उल्लेख छ।

प्रकाशित: ६ कार्तिक २०७५ ०४:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App