१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

शुषमाले ल्याइन् ‘अनावरण’

काठमाडौं– लामो समयदेखि कथा लेखनमा सक्रिय शुषमा मानन्धर ‘अनावरण’ कृति लिएर आएकी छिन्। पेन नेपालले आयोजना गरेको कार्यक्रममा शनिबार ६ जना स्रष्टाले उनको कृति विमोचन गरेका छन्।

साहित्यकारहरू रामकुमार पाण्डे, विनय कसजु, श्रीओम श्रेष्ठ रोदन, दामोदर पुडासैनी, स्विट्जल्याण्ड पेनका सचिव एलिक्स प्यारोडी र कथाकर मानन्धरले संयुक्त रुपमा लोकार्पण गरेका हुन्। 

संग्रहमा २४ वटा सामयिक कथा छन्। कार्यक्रममा समालोचक दामोदर पुडासैनीले अनावरणमा काठमाडौं उपत्यकाको आञ्चलिकता चित्रण भएको बताए। ‘यो कृतिले समसामयिक परिवेश, नेपाली प्रशासनिक क्षेत्रमा रहेर काम गर्ने मानिसको मनोविश्लेषण गरेको छ’, उनले भने। 

कथाकार मानन्धरले आफ्नै परिवेश, आफ्नै भोगाई र जानकारीका आधारमा कथा सिर्जना गरेको जानकारी दिइन्। उनले अनावरणका कथाहरुमा वास्तविक पात्र र विवरणहरु प्रतिबिम्बित भएको बताइन्। 

कार्यक्रममा स्वीट्जरल्याण्ड पेनका सचिव एलिक्स प्यारोडीले नेपाल भ्रमण, आफ्नो मुलुकको सन्दर्भ, महिला सर्जक आदिबारे चर्चा गरिन्।

प्रकाशित: २८ आश्विन २०७५ १३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App