१० आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

‘आँशु कविता’मा अनुज्ञा उत्कृष्ट

काठमाडौं – युवाकवि मोतीराम भट्टको १ सय ५३ औं जयन्तीको अवसरमा रिडर्स इन्टरनेसनल मोडेल स्कुल (रिम्स)ले आयोजना गरेको ‘आँशु कविता प्रतियोगिता’मा एम्बिसन एकेडेमीका अनुज्ञा नेपाल प्रथम भएकी छन् । गोकर्णेश्वर नगरपालिका–८, जोरपाटीस्थित विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा ३५ वटा विद्यालयका छात्रछात्राबीच प्रतिस्पर्धा भएको थियो। 

प्रतियोगितामा अनुज्ञाको ‘मेरा हिमाल’ कविता प्रथम, विनसम इङ्लिस बोर्डिङका छात्र सितल बानियाँको ‘सगरमाथा’ कविता दोस्रो र अरुणिमा माविका छात्र शिशिर घिमिरेको ‘मेरा नसुल्झिएका प्रश्न’ कविता तेस्रो भएको थियो । प्रतियोगितामा विपुल शिक्षा निकेतनकी छात्रा हिमा खतिवडा र मनकामना माविका छात्रा नान्दवी लामिछानेले सान्त्वना पुरस्कार पाएका थिए।

मोती जयन्तीको अवसरमा आशु कविता लेखनसम्बन्धी प्रशिक्षण, कविता लेखन तथा वाचन कार्यक्रमको आयोजा गरिएको थियो । कथाकार भागीरथी श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्यकारद्वय रमेश शुभेच्छु र शेखर दाहालले प्रशिक्षक तथा निर्णायक मण्डलको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा आयोजक विद्यालयका विद्यार्थीबीच भएको आन्तरिक प्रतियोगितामा युरिका खातीको कविता पुरस्कृत भयो।

साहित्यकार तथा आख्यानकार श्रेष्ठले विद्यार्थीहरूलाई निरन्तर साधना र अनुशासनमा ध्यान दिन आग्रह गरिन् । रिम्सका प्रिन्सिपल बालमुकुन्द कार्कीले हारिन्छ कि जितिन्छ भन्दा पनि सिकिन्छ भन्ने उद्देश्यले सहभागी हुनुपर्ने र पुरस्कारभन्दा सिकाइ ठूलो हुने उल्लेख गरे । रिम्सले मोती जयन्तीको अवसरमा विगत बाह्र वर्षदेखि निरन्तर गर्दै आएको कार्यक्रमलाई दिनमा पनि निरन्तरता दिने उनले बताए।

साहित्यकारहरु, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा सञ्चालकहरुको सहभागिता रहेको कार्यक्रममा विभिन्न स्रष्टाले आआफ्ना सिर्जना प्रस्तुत गरेका थिए।

 

प्रकाशित: २७ भाद्र २०७५ ०२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App