२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
कला

धान दिवसमा श्रष्टा सम्मान

नुवाकोट – असार १५ अर्थात धान दिवसको अवसर पारेर नुवाकोट साहित्य प्रतिष्ठानले विगतका वर्षहरु जस्तै श्रष्टा सम्मान कृति विमोचन र रचना वाचन गरी मनाइएको छ।

 नेपाली भाषा र नेपाली साहित्यको विकासको निम्ति विभिन्न विधामा कलम चलाउदै आएका देशभरबाट छानिएका श्रष्टाहरुलाई शुक्रबार विशेष कार्यक्रमको बीच सम्मान गरिएको हो ।  महामण्डल राष्ट्रिय सम्मान २०७५ काठमाडौँकी हिरण्यकुमारी पाठक, काठमाडौँकै नरेन्द्रबहादुर श्रेष्ठ र इलामका गंगाप्रसाद अधिकारीलाई प्रदान गरिएको नुवाकोट साहित्य प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेलले जानकारी दिएका छन् । यस्तै युगान्तर वर्ष पुरस्कार २०७५ खोटाङका रक्ष राईलाई प्रदान गरिएको छ।

श्रष्टा छनौट समितिका संयोजक श्रीराम श्रेष्ठका अनुसार मकवानपुरका कपिलदेव भट्टराई र दोलखाकी देवकी अभिलाशीलाई महामण्डल युवा साहित्य सम्मानबाट सम्मान गरिएको हो । यस्तै कमलादेवी जननिधि गजुरेल स्मृति साहित्य सम्मान  दाङकी भवानी न्यापानेले प्राप्त गरेकी छिन् ।

यस्तै सोलुखुम्बुका खगेन्द्र खोल्साघरेलाई नगद १० हजार रुपैयाँसहित नरेन्द्रनाथ बाङ्मय सम्मान प्रदान गरिएको छ भने स्नाकोत्तर तहकोे परीक्षामा नेपाली विषयमा उत्कृष्ट अंक ल्याउन सफल धादिङकी लक्ष्मी सुवेदीलाई २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ । यस्तै एसइइ परीक्षामा उत्कृष्ट जिपिए ल्याएका सार्थक शाक्य र अविसा ढकाललाई समेत सम्मान गरिएको छ।

प्रतिष्ठानले वार्षिक रुपमा ५० वर्ष उमेर कटिसकेका तर निरन्तर रुपमा कलम चलाउदै आएका तीन जना सर्जकहरूलाई महामण्डल राष्ट्रिय समहित्य सम्मान र नेपाली साहित्यमा लागेका युवाहरुलाई प्रेरणा दिनको लागि दुई जनालाई महामण्डल युवा साहित्य सम्मान प्रदान गर्दैै आएको छ । नुवाकोट साहित्य प्रतिष्ठानले त्रैमासिक रुपमा महामण्डल साहित्यिक पत्रिका प्रकासित गर्दै आएको छ।

प्रतिष्ठानले नै प्रकासित गर्ने युगान्तर साहित्यिक पत्रिकामा प्रकासित उत्कृट लेख  रचनाका सर्जकलाई पनि वार्षिक रुपमा युगान्तर वार्षिक पुरस्कार प्रदान गर्ने गरिएको छ । पुरस्कृतलाई पाँच हजार रुपैयाँ प्रदान गर्ने गरिएकोे आयोजकले जनाएको छ । यस वर्षबाट प्रतिष्ठानका अध्यक्ष गजुरेलको स्वर्गीय हजुरबा र हजुरआमाको नामबाट स्थापना गरिएको कमलादेवी जननिधि गजुरेल स्मृति साहित्य सम्मान थपिएको हो।

कार्यक्रममा रामकृष्ण अमरको सिजोसङ्ग्रह “स्वादमग्न झुपडी”, अन्जु सापकोटा अनुको मुक्तकसङ्ग्रह “अधुरो सपना” र  श्रीराम श्रेष्ठको सिजोसङ्ग्रह “आत्तिएको सडक” को समेत सार्वजनिक गरिएको छ । कार्यक्रममा नुवाकोट सहित विभिन्न जिल्लाका सर्जकहरुले आफ्नो सिर्जना बाचन गरेका थिए ।
फोटो..

प्रकाशित: १८ असार २०७५ ०४:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App