१२ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

नियात्राकार रञ्जु दाहाललाई ‘चिरञ्जीवी नेपाली स्मृति सम्मान’

चिरञ्जीवी ‘नेपाली’ स्मृति प्रतिष्ठान चितवनले नियात्राकार रञ्जु दाहाललाई चिरञ्जीवी नेपाली स्मृति सम्मान अर्पिएकाे छ।

मकवानपुरको दिव्य सेवा निकेतन, रातमाटे हेटौंडामा नियात्राकार दाहाललाई १५,००० रूपैयाँ नगद सहित सम्मान अर्पिएकाे हाे।

सम्मान कार्यक्रम साहित्यकारद्वय प्रोल्लास सिन्धुलीयकाे प्रमुख आतिथ्य र निर्मोही व्यासकाे अध्यक्षतामा भएकाे हाे।

उक्त कार्यक्रममा रञ्जु दाहाल, रमेशमोहन अधिकारी, मञ्जु कोइराला, अप्सरा पुडासैनी, महेन्द्र कोइराला लगायतले मन्तव्य व्यक्त गरेका थिए।

कपिल अज्ञातले सञ्चालन गरेकाे कार्यक्रममा निमेष निखिल, सुवास खनाल, भावना सापकोटा, विश्वनाथ सन्जेल, चिरञ्जीवी लामिछाने, उमेश तिमल्सिना, ॐभक्त भण्डारी, सन्जित श्रेष्ठ, वीणा पोखरेल, गौरी कँडेल, मदन विक, सुमन किरण लगायतले कविता, गजल तथा मुक्तक वाचन गरेका थिए।

प्रकाशित: २२ असार २०८२ ०९:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App