१२ पुस २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

संगीत दिवसमा थारू कलाकारको प्रस्तुति

विश्व संगीत दिवसका अवसरमा राजधानीको कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा राष्ट्रिय थारू कलाकारले मौलिक गीतसहित प्रस्तुति दिएका छन्। राष्ट्रिय थारू कलाकार मञ्चले आयोजना गरेको बृहत् राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रममा उनीहरूले आआफ्नो ठाउँविशेषका प्रस्तुति दिएका हुन्।

कार्यक्रम उद्घाटन प्रमुख अतिथि नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्व सांसद रेशम चौधरीले गरेका थिए। कार्यक्रममा बोल्दै उनले पहिचानका लागि आफूले सांस्कृतिक क्रान्ति गर्दा जेलमा बस्नुपरेको दाबी गरे। ‘मैले रेडियो नेपालमा २०४९ सालबाट गीत गाएर सांस्कृतिक क्रान्ति सुरु गरें’, उनले भने, ‘जब गणतन्त्र आयो, उनीहरूले थारूको छोराले गीतबाटै पहिचान मागेको देख्न सकेनन्। मलाई थुने। अनि राजनीतिमा म बाध्य भएर आउनुप¥यो।’

देशभरका थारू कलाकारले आफ्नो भाषा, संस्कृति र परम्परागत संस्कृति झल्काउने प्रस्तुति दिएको राष्ट्रिय थारू कलाकार संघका अध्यक्ष विनय वैद्यले बताए। उनका अनुसार देशभरका राष्ट्रिय कलाकारले आआफ्नो क्षेत्रमा बोलिने थारू भाषाका मौलिक संस्कृति झल्कने प्रस्तुति रहेका थिए। कार्यक्रममा चारजना स्रष्टालाई सम्मानसमेत गरिएको थियो।

प्रकाशित: ९ असार २०८२ ०९:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App