३० असार २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

गीतकार नारायण खतिवडाले गीतैमा भने, ‘दुःख सुनाएर के काम?’

गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा आधारित नयाँ गीत "दुःख सुनाएर के काम?" सार्वजनिक गरिएको छ।

लाेकप्रिय संगीतकार दीपक शर्माको संगीत र गायक स्वरूपराज आचार्यको स्वरमा सजिएको उक्त गीत नमस्ते नेपाल डिजिटल स्टुडियोको प्रस्तुतिमा युट्युबसहित विभिन्न अन्तर्राष्ट्रिय अडियो तथा भिडियो स्ट्रिमिङ प्लेटफर्महरूमा उपलब्ध गराइएको छ।

गीतमार्फत मानवीय संवेदना, सामाजिक यथार्थ र मानिसको भावनात्मक अवस्था उजागर गरिएको छ। गीतमा जीवनकाे कठिन क्षणमा मानिसले दुःख, पीडा र निराशा साझा गर्दा प्रायः सच्चा साथ पाउन कठिन हुने यथार्थता प्रस्तुत गरिएको छ।

"साथ मागेर के काम? चाहिँदाखेरि पाइँदैन भने!" यसरी गीतले स्वार्थी सोच र मानवीय संवेदनहीनता विरुद्ध गहिरो सन्देश दिएकाे छ।

गीतकार खतिवडाले गीतमार्फत सकारात्मक सोच भएका व्यक्तिहरूबाट ऊर्जा प्रवाह हुने र नकारात्मक प्रवृत्तिका मानिसबाट टाढा रहन सुझाएका छन्। गीतले अरूको कुरा काट्दै हिँड्ने व्यक्तिबाट जीवनमा असर पार्न सक्ने कुरा सुन्दर रूपमा प्रस्तुत गरेको छ।

गीतकार खतिवडाले नेपाली संगीत क्षेत्रमा "स्वार्थी संसार," "स्वदेश छोडी," "मनका कुरा," "बिन्दास," "सन्देश पुर्‍याइदेउ," "मेरो कथा" लगायतका दर्जनौं गीत भित्र्याएका छन्। उनको गीतिसंग्रह "सम्झनाका पाइलाहरू" मा १०९ गीत समावेश छन्।

सरकारी सेवामा कार्यरत खतिवडाले सामाजिक परिवेश, समसामयिक अवस्था, राष्ट्र र राष्ट्रियताको भावना, संयोग र वियोगको अनुभूति तथा यथार्थ घटना कलात्मक रूपमा प्रस्तुत गर्दै आएका छन्।

संगीतकार दीपक शर्माको गहिरो संगीत र स्वरूपराज आचार्यको हृदयस्पर्शी आवाजले गीतलाई थप प्रभावशाली बनाएको छ। गीत अहिले डिजिटल प्लेटफर्महरूमा श्रोतामाझ विस्तार हुँदै गएको छ।

प्रकाशित: ७ असार २०८२ ११:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App