२४ असार २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

सकियाे ‘जारी-२’ को छायांकन

कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको तेस्रो सिनेमा ‘जारी-२’ को छायांकन सकिएको छ। सम्पूर्ण छायांकन पाँचथरमा गरिएको सिनेमाको छायांकन ३६ औं दिनमा प्याकअप गरिएको हो। छायांकन गरिएको जानकारी दिँदै निर्माण कम्पनी बाँसुरी फिल्मस्ले सिनेमा आगामी बडादशैंको अवसरमा रिलिज हुने जानकारी दिएको छ।

दशैंमा रिलिज हुने भनिए पनि कुन मितिमा रिलिज हुन्छ भन्ने निर्माण टिमले खुलाएको छ। छायांकन सकिएसँगै निर्माण टिमले सिनेमा मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको क्यारेक्टर लुक्स समेत सार्वजनिक गरेको हो। सार्वजनिक तस्वीरमा मिरुनालाई लिम्बु पहिरन र दयाहाङलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा देख्न सकिन्छ।

यो सिनेमाको स्लोगन ‘सङ्ग अफ च्याब्रुङ’ राखिएको छ। ‘जारी २’मा २०८० सालको ब्लकबस्टर सिनेमाका ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाको नै लेखन रहको छ। कवी सुब्बाको डेव्यु निर्देशन गरेको जारीले नेपाली बक्स अफिसमा १७ करोडमाथिको व्यापार गरेको थियो। निर्माण घोषणासँगै ‘जारी २’ दर्शकको प्रतिक्षामा छ।

बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमाका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन्। सिनेमामा दयाहाङ र मिरुनासहित विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ। 

प्रकाशित: ५ असार २०८२ १०:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App