३२ असार २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

बृहत् थारू सांस्कृतिक कार्यक्रम आयोजना

राष्ट्रिय थारू कलाकार मञ्चले काठमाडौंमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । 

विश्व संगीत दिवसको अवसरमा मञ्चले थारू भाषा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका असार ७ गते काठमाडौंमा बृहत् राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । 

वार्षिक साधारणसभा गर्न लागिएको राष्ट्रिय थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्ष विनय वैद्यले जानकारी दिए । भाषा, धर्म, कला–संस्कृति र पहिचानलाई जोगाउन सरकारको ध्यानाकर्षण गर्न देशभरका कलाकारहरूको जनचेतनामूलक वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेको उनले बताए ।

अध्यक्ष वैद्यका अनुसार कार्यक्रममा ५० बढी मेचीदेखि महाकालीसम्मका थारू कलाकारहरूले थारूको लोक गीत, मौलिक नाँचहरू धुम्रा नाच, झुम्रा, मघौटालगायत थारू सांस्कृतिक झल्कने प्रकारको प्रस्तुति दिनेछन् ।  

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका राज्यमन्त्री अरुण कुमार चौधरी सहभागी हुनेछन् । कार्यक्रममा थारू परिकारहरूको स्वाद लिन सकिने स्टल, थारू परम्परागत पहिरन, गहना र सांस्कृतिक सामाग्रीहरूको प्रदर्शनी पनि राख्ने आयोजकले जनाएका छन् । 

राष्ट्रिय स्तरमा थारू कलाकारहरूको उपस्थितिमा पहिलो पटक यस्तो बृहत् सांस्कृतिक कार्यक्रम गर्न लागेकाले अर्थ व्यवस्थापनका लागि काठमाडौंका विभिन्न ठाउँमा टिकट खुल्ला गरिएको जनाएको छ । कार्यक्रममा सहभागिताका लागि प्रवेश शुल्क एक हजार रुपैयाँ तोकिएको छ भने टिकटको प्रि–बुकिङ खुला भइसकेको छ ।

प्रकाशित: १ असार २०८२ २०:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App