२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

धेरै माया दिए पनि थोरै हुने रै’छ!

मुक्तक

१) मुक्तक

सपनाको घर सजाउन खाडी मुलुक आको

मैले तिम्रो हात समाई बाचाकसम खाको।

भाग्य पनि एकैसाथ उदाएको बेला,

गीत गाउन सबले हाम्रो मायाप्रिती छाको।

२) मुक्तक

रातोसारी, सिन्दुरपोते, हातमा बालाचुरा,

गाउँ छोडी शहर पस्ने किन गर्‍याे कुरा।

मै पठाउँला रुपैयाँपैसा महिना बितेपछि,

तिम्ले गाउँमै कर्म गर सपना हुन्छ पूरा।

३) मुक्तक

यो छातीलाई मैले उनकै लागि मन्दिर बनाएँ,

आफ्नो मुटु सुटुक्क झिकेर उनीलाई सजाएँ।

पूजाआराधना गर्थें रोजरोज उनी पाउन,

कस्ता घात जीवन घर न घाटको बनाएँ।

४) मुक्तक

घरमा बुढी आमा एक्लै साथ छोड्नु हुन्न

मै हुँ प्राण, मै हुँ मुटु बाचा तोड्नु हुन्न।

तिम्रै भरमा छु म प्यारी आमा तिम्रो साथ

आफ्नो स्वार्थ बाझिएरआमा रुनु हुन्न।

५) मुक्तक

आशै आशाको जिन्दगी रहेछ, आशा अझै मरेको छैन,

भुले नि तिमीले विगतका यादहरू मैले भुल्न सकेको छैन।

बाँचुन्जेल मात्र त हो जिन्दगी सम्झिरहने हरपल,

सोचेको यो सपनाको सुन्दर कहानी अझै अन्त्य भएको।

६) मुक्तक

धेरै माया दिए पनि थोरै हुने रैछ,

नजोखिने नभरिने माया यस्तै रैछ।

तिम्रो मनमुटुभित्र ठाउँ नभाको बेला,

अमृत जस्तो माया पनि जहर हुँदोरैछ।

७) मुक्तक

तिमी ओझेलभित्रको छाया, खोजूँ म कहाँ तिमीलाई,

तिमी मुटुभित्रको माया, सजाऊँ म कहाँ तिमीलाई।

यात्रा बिचमै बाटो मोडेर हिंड्यौ तिमीले,

सम्झनाको खातिर उपहार के दिऊँ म तिमीलाई।

प्रकाशित: ९ जेष्ठ २०८२ ११:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App