११ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

शाहरुख खानकी छोरीको आमा को बन्लान् : रानी कि दीपिका?

शाहरुख खान र रानी मुखर्जीका फ्यानहरूका लागि खुसीको खबर आएको छ। १९ वर्षपछि यो जोडी फेरि एकपटक पर्दामा सँगै देखिने सम्भावना बढेको छ। रिपोर्टहरूका अनुसार रानी शाहरुखको फिल्म 'किङ' मा देखिने भएकी हुन्।

यस फिल्ममा उनको केमियो भूमिका रहने छ। रानीले आफ्नो भूमिकाको लागि पाँच दिनको छायांकन पनि गरिसकेकी छिन्। पिंकभिलाको रिपोर्टका अनुसार रानी मुखर्जी फिल्ममा सुहाना खानकी आमाको भूमिकामा देखिने छिन्।

एक महिनाअघि केही रिपोर्टहरूले दीपिका सुहानाको आमाको भूमिकामा देखिने दाबी गरेका थिए। उनको पनि केमियो भूमिका हुनेछ। तर पिंकभिल्लाको रिपोर्ट अनुसार 'किंग' मा दीपिकाको भूमिका केवल सानो भूमिका मात्र नभएर लामो भूमिकामा देखिने छिन्। शाहरुख खानकी छोरी सुहाना खान फिल्म 'किङ' मार्फत बलिउडमा डेब्यू गर्दै छिन्।

सिद्धार्थ आनन्दद्वारा निर्देशित एक्सन थ्रिलर 'किंग' एक बहु-स्टारर फिल्म हो। फिल्ममा दीपिका पादुकोण, अभिषेक बच्चन, अनिल कपूर, ज्याकी श्राफ, सुहाना खान, अभय वर्मा, अरशद वारसी र जयदीप अहलावतको पनि मुख्य भूमिका रहेको छ। अभय वर्मा सुहाना खानको अपोजिटमा देखिने छन्।

अर्कोतर्फ शाहरुख र रानीको अनस्क्रिन जोडीको कुरा गर्ने हो भने दुवैले ‘कुछ कुछ होता है’, ‘कभी खुशी कभी गम’ र ‘कभी अलविदा ना कहना’ जस्ता हिट फिल्ममा काम गरिसकेका छन्। दर्शकले दुवैको जोडीलाई धेरै मन पराएका छन्।

फिल्मको कथा सुजय घोष, सिद्धार्थ आनन्द, सुरेश नायर र सागर पाण्ड्याले लेखेका हुन्। 'किङ'का संवादहरू अब्बास टायरवालाले लेखेका छन्। यो फिल्म रेड चिलीज इन्टरटेनमेन्ट र मार्फ्लिक्सले निर्माण गर्दैछन्। एजेन्सी

प्रकाशित: ४ जेष्ठ २०८२ ०८:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App