१० चैत्र २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

के चाहियो र, यो भन्दा!

बलिउड अभिनेत्री नोरा फतेहीले शनिबार काठमाडौंमा आकर्षक नृत्य प्रस्तुत गरिन्। शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’ को सहयोगार्थ आयोजित उक्त च्यारिटी कार्यक्रममा आकर्षक ‘क्लिप’हरू अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन्।

नोराको नृत्य र गायन निकै नै आकर्षक थियो। त्यस क्रममा धेरै नेपाली कलाकार र दर्शक नाच्न पुगे।

तिनै मध्येको एक क्षणमा अभिनेत्री नोराले भ्वाइस अफ नेपालको विजेता प्रोसेस पाण्डेलाई अंगालो मारेको दृश्य निकै चर्चित बनेको छ। दुर्गेशको गीतको बोल दुश्मन हेरेको हेरै जस्तै। धेरैले नोराले पाण्डेलाई मारेको अंगालो नियालेका छन्।

नोराको अँगालोमा रहेको क्षणको क्लिप आफ्नो टिकटकमा राखेर प्रोसेस पाण्डेले लेखेका छन्, ‘के चाहियो र यो भन्दा!’

प्रकाशित: ४ जेष्ठ २०८२ ०७:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App