१ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

मेक्सिकन टिकटकरको ‘लाइभस्ट्रीम’ मै गोली हानी हत्या

सौन्दर्य र मेकअपबारे टिकटक भिडियो बनाउने २३ वर्षीया मेक्सिकन टिकटकर भालेरिया मारेक्वेजको टिकटक लाइभस्ट्रीमकै क्रममा गोली हानी हत्या गरिएको छ। यो घटनाले लिङ्गजन्य हिंसाले ग्रसित देशमा ठूलो सन्त्रास फैलाएको छ।

हाल जालिस्को राज्यको अभियोजन कार्यालयले यो घटनाको अनुसन्धान महिलाको लिङ्गका कारण भएको हत्या (फेमिसाइड) को मापदण्डअनुसार गरिरहेको जनाएको छ।

मेक्सिकन अधिकारीहरूका अनुसार फेमिसाइड भन्नाले अपमानजनक हिंसा, यौन दुर्व्यवहार, हत्यारासँगको सम्बन्ध, वा पीडितको शव सार्वजनिक रूपमा राखिएको अवस्थालाई जनाउँछ।

मारेक्वेजको हत्या मंगलबार उनको कार्यस्थल जापोपान शहरको ब्यूटी सलुनमा गरिएको थियो। एक जना पुरुष सलुनमा प्रवेश गरेर उनलाई गोली हानेको जालिस्को राज्य अभियोजन कार्यालयले जनाएको छ। घटनामा संलग्न व्यक्तिको नाम हालसम्म सार्वजनिक गरिएको छैन।

घटना हुनु केही सेकेन्डअघि मारेक्वेज टिकटक लाइभस्ट्रीममा टेबुलमा बसेर एक स्टफ्ड टेडी बियर समाउँदै देखिएकी थिइन्।

केही क्षणपछि उनलाई गोली हानी हत्या गरियो। कसैले उनको मोबाइल उठाएको देखिन्छ, जसको अनुहार केहीबेर लाइभस्ट्रीममा देखिएपछि भिडियो अन्त्य हुन्छ।

इन्स्टाग्राम र टिकटकमा करिब २ लाख फलोअर्स भएको मारेक्वेजले उक्त लाइभस्ट्रीममै यसअघि बताएकी थिइन् कि कसैले महँगो उपहार लिएर आफू नहुँदा सलुनमा आएको थियो। एजेन्सी

प्रकाशित: १ जेष्ठ २०८२ ११:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App