८ असार २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

‘कण लघुकथा मञ्च’ले मनायाे दोस्रो वार्षिकाेत्सव

‘कण लघुकथा मञ्च’ ले सामाजिक तथा सांस्कृतिक व्यक्तित्व, वरिष्ठ साहित्यकार हर्कमान तामाङकाे प्रमुख आतिथ्यमा दोस्रो वार्षिक उत्सव मनाएको छ। संस्थाले बेलबारी नगरपालिकाको सभाहलमा एक कार्यक्रम गरेर आफ्नो दोस्रो वार्षिक उत्सव मनाएको हो।

वार्षिकाेत्सवमा लेखक तथा अनुसन्धाता केशु विरही, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, कवि तथा समीक्षक नीरज कोइराला, मुक्तककार नवराज पोखरेल ‘नवशिला’, समीक्षक जेबी खत्री, नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरे लगायतका व्यक्तिहरूले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए।

संस्थाका सहसचिव पवित्रा सापकोटाले सञ्चालन गरेकाे उक्त कार्यक्रममा ऋषि तिवारी, शान्ता भट्टराई, भूपाल अधिकारी, भीम निरौला, निर्देश कोइराला लगायतले रचना वाचन गरेका थिए।

उक्त कार्यक्रममा स्रष्टाहरू इरान राई, धनजीत पराजुली, रेखा सुवेदी, शरद प्रधानाङ्ग, प्रेम गुरुङ, शेखर मगर लगायतको उपस्थिति रहेको थियो।

कण लघुकथा मञ्चका अध्यक्ष दीप मङ्ग्रातीले वार्षिक प्रगति विवरण र कोषाध्यक्ष कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत  गरेका थिए। 

प्रकाशित: २९ वैशाख २०८२ ११:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App