१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

बसन्त चौधरीका दुई काव्यकृति लोकार्पित

काठमाडौं । उद्यमी तथा साहित्यकार बसन्त चौधरीद्वारा लिखित दुई काव्यकृति सार्वजनिक गरिएको छ । उर्दु एकेडेमी नेपालले आयोजना गरेको ‘शाम–ए–बसन्त’मा उनका उर्दु र हिन्दी गजलकृति ‘ठहरे हुए लम्हे’ र ‘वक्त रुकता नहीं’ लोकार्पण गरियो । उर्दु र हिन्दी गजलसंग्रह ‘ठहरे हुए लम्हे’ बसन्त सागरका नामबाट प्रकाशित छन्  । 

उर्दु एकेडेमी नेपालका अध्यक्ष इम्तियाज वाफाको सभापतित्वमा  सम्पन्न उक्त कार्यक्रममा  साहित्यकार धीरेन्द्र प्रेमर्षिले कवि बसन्तको सिर्जनशीलताको चर्चा गरे । उनले बसन्तको लेखनको अभिष्ट हृदयको गहिराइ भएको उल्लेख गरे ।

गजलकार तथा कवि बसन्त चौधरीले सार्वजनिक कृतिबाट केही गजलवाचन गरे । आफू प्रेमका कविता र गजलका बीचमा जिउने प्रयास गरेको उनले सुनाए ।

अध्यक्ष इम्तियाज वफाले गजलकार बसन्तको सोच उनका कवितामा प्रतिविम्बित भएको बताए ।

कार्यक्रममा प्रकाश सायमीले ‘ठहरे हुए लम्हे’माथि र डा धनेश द्विवेदीले ‘वक्त रुकता नहीं’माथि समीक्षात्मक मन्तव्य राखेका थिए  ।

डा. सनतकुमार वस्ती, सकिना खान, अन्जुम, डा। द्विवेदी, सायमी र डा श्वेता दीप्तिले विमोचित कृतिबाट गजलहरू वाचन गरेका थिए ।

प्रकाशित: १४ वैशाख २०८२ १८:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App