१९ चैत्र २०८१ मंगलबार
image/svg+xml २:२० पूर्वाह्न
कला/संस्कृति

एन्फा पदाधिकारी र पूर्वखेलाडीले हेरे 'अन्जिला' चलचित्र

अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीसहितको टोलीले मंगलबार नेपाली चलचित्र अन्जिला हेरेको छ।

ललितपुरको पुल्चोकमा रहेको लबिम मलमा पुगेर एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङसहितको टोलीले चलचित्र पूरा समय हेरेको हो ।

चलचित्र हेर्न अध्यक्ष नेम्बाङ उपाध्यक्ष दावा लामा, महासचिव किरण राई, कार्यकारिणी सदस्य, राष्ट्रिय टोलीका पूर्व तथा वर्तमान खेलाडी, युवा खेलाडी तथा उनीहरुका परिवारका सदस्य तथा एन्फा कर्मचारीलाई लिएर मल पुगेका थिए ।

राष्ट्रिय महिला टोलीकी गोलकिपर अन्जिला तुम्बापो सुब्बाको जीवनीमा बनेको चलचित्र अहिले देशभरका सिनेमाघरमा प्रदर्शन भइरहेको छ ।

प्रकाशित: १२ चैत्र २०८१ १३:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 100 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App