१० पुस २०८२ बिहीबार
image/svg+xml
कला/संस्कृति

कुलमान नेपाली कुलकै उज्यालो हुन्, अन्धकार बनाउनु हुँदैन्थ्यो : हरिवंश आचार्य

वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले कुलमान घिसिङ नेपाली कुलकै उज्यालो भएको टिप्पणी गरेका छन्। मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले सरकारले अन्धकार बनाउन नहुने कुरा उल्लेख गरेका छन्।

कुलमानसँगको एक तस्बिर राख्दै उनले लेखेका छन्, ‘कुलमान नेपाली कुलकै उज्यालो हुन्। अन्धकार बनाउनु हुँदैन्थ्यो।’

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेपछि सरकारको यो निर्णयको सर्वत्र विरोध भइरहेको छ। 

प्रकाशित: १२ चैत्र २०८१ ०७:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App