१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

साहित्यकार प्रधानको निधन

बागलुङ- साहित्यकार शिवकुमार प्रधानको निधन भएको छ। ८३ वर्षीय प्रधानको गएराति बागलुङस्थित घरमै निधन भएको हो। 

प्रधान नेपाली, संस्कृत र अङ्ग्रेजी भाषाका ज्ञाता थिए। उनका तिनै भाषामा गरी दुई दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्। प्रधानका केही पुस्तक प्रकासोन्मुख अवस्थामा थिए। 

उनले कालिदासले रचना गरेको ‘मेघदूत’ को नेपाली अनुवादसमेत गरेका छन्। प्रधान बागलुङ उद्योग वाणिज्य संघको संस्थापक अध्यक्षसमेत हुन्। स्व प्रधानको साेमबार कालीगण्डकी किनारस्थित निरयघाटमा अन्त्येष्टि गरिएको छ। उनका तीन श्रीमती, सात छोरा र चार छोरी छन्। रासस

प्रकाशित: १० वैशाख २०७५ ११:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App