४ चैत्र २०८१ सोमबार
image/svg+xml ८:११ पूर्वाह्न
कला/संस्कृति

‘निर्देशकले ‘रियल एक्सन नगरौं’ भने, मैले मानिन’

नायक सुशील श्रेष्ठले आइतबार सामाजिक सञ्जालमार्फत केही तस्बिर र भिडियो सार्वजनिक गर्दै चलचित्र ‘आउटलः दफा २१९’ को छायांकनका क्रममा आफूले बेहोरेका चोटहरू देखाएका छन्।

उनले अभिनयका क्रममा वास्तविक रूपमा कुटाइ सहनुपरेको खुलासा गर्दै दर्शकलाई यथार्थपरक अनुभूति दिलाउन आफूले उक्त जोखिम उठाएको उल्लेख गरे।

तस्बिर र भिडियोसँगै उनले लेखेका छन्, ‘म अझै सम्झन्छु, जब हामी यो दृश्य छायांकन गर्दै थियौं । निर्देशकले पटक–पटक ‘रियल नगरौं’ भनेका थिए, तर मैले दृश्यलाई सकेसम्म वास्तविक बनाउन वास्तविक चोट सहने निर्णय गरें। दर्शकले यथार्थ महसुस गरून् भन्ने मेरो सोच थियो।’

निर्देशकको सुझाव विपरीत जाने निर्णय चुनौतीपूर्ण भए पनि अभिनयलाई स्वाभाविक बनाउन आफूले कुनै कसर बाँकी नराखेको उनले बताएका छन्। ‘फिल्म उत्कृष्ट बनाउन मेरो मात्र होइन, सम्पूर्ण टिमको अथक प्रयास छ,’ सुशीलले लेखेका छन्, ‘प्रत्येक दृश्यमा सम्पूर्ण निष्ठा र समर्पण दिने प्रयास गरेका छौं।’

दर्शकको साथ र मायाप्रति आभार व्यक्त गर्दै उनले थपेका छन्, ‘हाम्रो उद्देश्य नेपाली एक्सन चलचित्रलाई नयाँ उचाइमा पुर्‍याउनु हो। ‘आउटलः दफा २१९’ कुनै एक व्यक्तिको होइन, यो सम्पूर्ण टिमको परिश्रमको प्रतिफल हो। यस्ता चलचित्र नेपाली सिनेमामा कमै देखिन्छन्। तपाईंहरूको समर्थनले यसलाई अझ धेरै दर्शकसम्म पुर्‍याउनेछ भन्ने विश्वास छ।’

विक्की महर्जन निर्देशित तथा अमित अग्रहरिको लगानीमा निर्माण भएको ‘आउटलः दफा २१९’ बिहीबारदेखि प्रदर्शनमा आएको छ।

प्रकाशित: ३ चैत्र २०८१ १९:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App