स्याडो पिक्चर्स र रेट्रो फिल्मस्को संयुक्त प्रस्तुति ‘आउट ल : दफा २१९’ प्रदर्शनसँगै बक्स अफिसमा तहल्का मच्चाइरहेको छ।
नेपाली सिनेमामा अपराध र न्यायको विषयलाई नयाँ दृष्टिकोणबाट प्रस्तुत गर्दै बलात्कार जस्ता गम्भीर अपराधविरुद्ध बुलन्द आवाज उठाएको यस चलचित्रले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ।
चलचित्रको पहिलो दिनदेखि नै हलहरू खचाखच छन्। प्रदर्शनको पहिलो सप्ताहमै उल्लेखनीय व्यापार गरिसकेको फिल्मले बक्स अफिसमा नयाँ कीर्तिमान स्थापित गर्ने संकेत देखिएको छ।
चलचित्रमा अभिनेता सुशील श्रेष्ठ मुख्य भूमिकामा छन्। उनलाई ‘एंग्री यङ म्यान’ को रूपमा प्रस्तुत गरिएको छ। उनको दमदार एक्सन अवतार दर्शकलाई निकै मन पराएका छन्।
विक्की महर्जनको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रमा सुशीलसँगै नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन लगायतको पनि अभिनय छ ।
अमित अग्रहरिको निर्माण रहेको चलचित्रको कार्यकारी निर्मातामा विनोद कडायत र सशांक खड्का तथा विकास चौधरी सह–निर्माता हुन्।
नवीन गुरुङको डीओपी रहेको चलचित्रमा ट्रेलर मास्टर साहिल खानको सम्पादन रहेको छ।
नेपालभरि डीसीएनले वितरण गरिरहेको यो फिल्मले दर्शकहरूलाई हलसम्म तान्न सफल भएको छ।
सिनेमाघरहरूमा दर्शकको भीड बढ्दै गइरहेको छ। अग्रिम बुकिङ धमाधम भइरहेको छ। सुशील श्रेष्ठको कमब्याक फिल्मले बक्स अफिसमा नयाँ उचाइ तय गर्ने संकेत दिएको छ।
प्रकाशित: ३ चैत्र २०८१ १४:५४ आइतबार





