१० चैत्र २०८१ आइतबार
image/svg+xml
कला/संस्कृति

चलचित्र 'कर्मा' मा उपासनाको क्यारेक्टर लुक्स सार्वजनिक

चलचित्र 'कर्मा' मा उपासना सिंह ठकुरीको क्यारेक्टर लुक्स निर्माणपक्षले सार्वजनिक गरेको छ ।

सार्वजनिक लुक्समा उनी सामान्य कुर्था सुरुवालमा देखिएकी छन् । मोर्डन युवतीभन्दा पनि उनी गाउँबाट सहर आएकी युवतीजस्तो देखिएकी छन् ।

यद्यपि, यसबारे निर्माणपक्षले केही खुलाएको छैन । तर, उनको लुक्स र यसअघि सार्वजनिक विपीनको लुक्स हेर्दा उनीहरूको जोडी शारीरिक हिसावले सुहाउँदो देखिएको छ ।

उपासनाको क्यारेक्टरबाहेक अन्य खासै केही देखाइएको छैन । 'कर्मा' लाई 'अगस्त्य' फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका छन् । 'कर्मा' को छायांकन दाङ र काठमाडौंमा गरिएको थियो ।

चलचित्र 'कर्मा' चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ ।

एक्सन जनरामा निर्माण भएको 'कर्मा' मा विपीनको पहिलो एक्सन सिनेमा हो । 'कर्मा' मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ ।

मुकुन यो चलचित्रमा नेगेटिभ क्यारेक्टरमा छन् । एक्सन ड्रामा जनरामा निर्माण भएको सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् ।

प्रकाशित: २७ फाल्गुन २०८१ १७:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App