२६ माघ २०८२ सोमबार
image/svg+xml
कला/संस्कृति

निर्देशक राजामौलीमाथि साथीले लगाए जीवन 'बर्बाद' गरेको आरोप

बलिउडका चर्चित निर्देशक एसएस राजामौलीमाथि निर्माता उप्पलापति श्रीनिवास रावले दुर्व्यवहारको आरोप लगाएका छन्।

श्रीनिवासले राजामौलीमाथि आफूलाई यातना दिएको र आफ्नो जीवन बर्बाद गरेको आरोप लगाएका हुन्। श्रीनिवासले आफू र राजामौली १९९० को दशकदेखि नै घनिष्ठ साथी रहेको समेत बनाएका छन्। उनले एक भिडियोमार्फत आरोप लगाएका छन्।

भिडियोमा श्रीनिवासले भनेका छन्, 'भारतका नम्बर एक निर्देशक एसएस राजामौली र रमा राजामौली मेरो अहिलेको अवस्थाका लागि जिम्मेवार छन्। उनले यो पब्लिसिटी स्टन्ट नभएको बताउँदै भिडियोसँगै प्रहरी चौकीमा एउटा पत्र पनि पठाएको भारतीय सञ्चर माध्यमहरूले जनाएका छन्।

श्रीनिवासले भिडियोमा राजामौली र उनको एक महिलासँग 'त्रिकोणात्मक प्रेमकथा' रहेको दाबी पनि गरेका छन्। राजामौलीले आफूलाई ति महिलाको माया त्याग्न भनेको बताउँदै आफू त्यसका लागि सुरुमा म तयार नभएको र पछि तिनीहरूको लागि आफू पछि हटेको समेत बाताएका छन्। उनीहरूलाई आफूले यो विषय अरूलाई भनेको ठाने आफूमाथि यातना दिन थालेको आरोप लगाएका छन्।

श्रीनिवासले प्रहरीलाई यस विषयमा जानकारी लिन र निर्देशकविरुद्ध कारबाही गर्न अपील  पनि गरेका छन्।

प्रकाशित: १७ फाल्गुन २०८१ ०९:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App