२६ चैत्र २०८१ मंगलबार
image/svg+xml १६:० अपराह्न
कला/संस्कृति

सडकमा नाटकमार्फत् सन्देश बाँड्दै युवाहरु

वीरेन्द्रनगरको पिपिरामा जनचेतनामुलक सडक नाटक देखाउँदै कलाकारहरु । तस्विर : गोविन्द केसी/नागरिक

वीरेन्द्रनगरका किशोरकिशोरीहरु हिजोआज सडकमा नाटक मञ्चन गर्दै गरेका भेटिन्छन् । सामाजिकरुपमा रहेका विकृति र विसङ्गतीलाई हटाउन किशोरकिशोरीहरुले सडक नाटक प्रदर्शन गरेर समाज रुपान्तरणको सन्देश बाँड्न थालेका हुन् ।

उनीहरुले समाजमा रहेका वालविवाह, लागुऔषध दुर्व्यसनी, लैङ्गिक हिंसा र जातीय विभेद जस्ता विकृतिलाई जोडेर सडक नाटक बनाएर आम दर्शकमाँझ देखाउने गरेका छन् ।  

‘हतारको निर्णयले पछुतो’ भन्ने सडक नाटक किशोर किशोरीले वीरेन्द्रनगरको पिपिराचोकमा प्रर्दशन गरेका छन् । २ सयभन्दा बढि दर्शकको बीचमा उनीहरुले सामाजिक परिवेशलाई चित्रण गर्दै जिवन्त अभिनय गरेका थिए । उनीहरुको अभिनय र कथाको मर्मवाट आकर्षित भएर अधिकांश दर्शकहरु एकाग्र देखिएका थिए ।

सडक नाटकमा आवद्ध कलाकार करुणा शाहीले आगामी दिनमा वीरेन्द्रनगरका विभिन्न ठाउँमा प्रर्दशन गरिने बताईन् ।  

किशोरकिशोरी मार्फत् सडक नाटक प्रदर्शनका लागि सशक्त महिला समृद्द नेपाल अभियान अन्तर्गत आवाज संस्थाले सहयोगमा गरेको थियो । सामाजिक सञ्जाल बलियो नहुँदै जनचेतनाको लागि सडक नाटक गाउँगाउँमा लोकप्रिय थियो तर, फेरि समय बदलियसँगै सहरबजारमा पनि यो नाटक लोकप्रिय हुँदै गएको छ । सडकमा नाटक हेर्न दर्शकहरुको उपस्थिति पनि बाक्लै देखिने गरेको छ । 

प्रकाशित: १५ फाल्गुन २०८१ १५:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App