बलिउड अभिनेत्री स्वरा भास्करले आफ्नो एक्स (पूर्व ट्विटर) खाता फिर्ता आएको बताएकी छिन्।
उनले आइतबार (आज) आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै यसबारे जानकारी दिएकी हुन्। यसअघि उनीमाथि प्रतिलिपि अधिकार उल्लङ्घन गरेको आरोप लागेको थियो। तर उनको एक्स खाता ह्याक भएको आशंका पनि गरिएको छ।
खाता फिर्ता पाएपछि स्वराले लेखेकी छन्, ‘हामी फिर्ता आएका छौँ। सहयोग गर्ने सबैलाई धन्यवाद।’ फ्यानहरूले स्वरालाई बधाई दिएका छन्।
यसअघि उनले खाता ह्याक भएको जानकारी गराएकी थिइन्। अर्को पोस्टमा उनले प्रतिलिपि अधिकार उल्लङ्घनको आरोपलाई लिएर आफूमाथि एक्सले प्रतिबन्ध लगाएको आरोप समेत लगाएकी थिइन्। स्वरा सधैँ आफ्नो विचार र राजनीतिक अडानलाई लिएर चर्चामा रहने गरेकी छिन्।
प्रकाशित: २० माघ २०८१ ११:५९ आइतबार





