७ माघ २०८१ सोमबार
image/svg+xml
कला

निबन्धकार ध्रुव जोशीको ‘आफैंलाई खोज्दै’को लोकार्पण

निबन्धकार ध्रुव जोशीको ‘आफैंलाई खोज्दै’ निबन्धसंग्रहको लोकार्पण भएको छ।

ललितपूरमा नेपाल स्रष्टा समाज केन्द्रीय समितिको आयोजनामा शनिबार भएको एक कार्यक्रममा प्रमुख अतिथि प्राडा माधवप्रसाद पोखरेल, प्राडा भरतकुमार भट्टराई, प्रकाश सायमी, श्रीओम श्रेष्ठ रोदन, प्राडा रामकुमार पाँडे, पवन आलोक, ध्रुव जोशी लगायतले उक्त कृतिको लोकार्पण गरे।

प्रमुख अतिथि पोखरेलले जोशीका निबन्धहरू कवित्व भाव मिसिएका, कथानकताले भरिएका आफूले पाएको बताए। उनले ८१ वर्षको उमेरमा पनि लेख्ने हुटहुटी हुनु निकै प्रशंसनीय भएको बताए।

कृतिबारे प्राडा भरत कुमार भट्टराईले चर्चा गरेको उक्त कार्यक्रममा ललितपुर साहित्य समाजका अध्यक्ष प्राडा रामकुमार पाँडे, प्रकाश सायमी, पवन आलोक लगायतले शुभकामना मन्तव्य व्यक्त गरे।

यसैगरी स्रष्टा ध्रुव जोशीले निबन्धको रचना गर्भबारे बताए। कार्यक्रमका सभाध्यक्ष एवं नेपाल स्रष्टा समाजका  केन्द्रीय अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनले लेख्नु ठूलो कुरा नभएको बताउँदै लेखेर पाठकको मन जित्नु ठूलो कुरा भएको बताए। उनले ध्रुव जोशीका आत्मपरक निबन्धले पाठकको मन खिच्ने देखिएको बताए।

समाजका केन्द्रीय सदस्य मधु पाठकको सञ्चालन गरेको उक्त कार्यक्रममा रञ्जना निरौलाले उक्त कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।

प्रकाशित: ७ माघ २०८१ १०:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App