७ माघ २०८१ सोमबार
image/svg+xml
कला

धनी

लघुकथा

"हलीलाई भात तल राख्देऊ बुहारी।" राजारामले फड्कारे।

"हस् वा! यही ठूलो भाग दिन्छु।" चनमतीले खानाको थाल सार्दै बोलिन्।

घरमा धमाधम भोज चलिरहेको थियो। खेतमा दुई हल गोरुले उघ्लाउँदै थिए। पैसाको महत्त्व बढी दिनेले श्रम गर्नेलाई हेला गर्थे। श्रमजीवी अछुत लाग्थ्यो। खाना खाँदा पनि हली भाग भनेर ठूलो भाग लगाइन्थ्यो। श्रम गरेपछि भोक लाग्ने नै भयो। भोक लागेपछि रुचेको भोजन खाँदा किन हेला? प्रश्न गम्भीर थियो।

घरमा भोज खाँदाखाँदै राजारामको घाँटीमा हड्डी अड्कियो। मालिक ढलेपछि सन्तबहादुरले अस्पताल लग्यो। तुरुन्त डाक्टरले जाँच्न थाल्यो। भिन्नभिन्न रिपोर्ट पढेपछि डाक्टर बोले, "राजारामको मान्छे भित्र आउनुस्।"

सन्तबहादुर फाइल बोकेर वार्डमा छिर्न खोज्दै थियो। चनमतीले रोकिन्। उनले नकार्दै भनिन्, "हलीलाई मालिक बन्ने रहर कस्ले दियो?"

डाक्टर अन्धकारमा परे। अत: कारणसहित डाक्टर बोले, "उपयोगिताको आधारमा अस्तित्व पहिलाउने हो भने उहाँ पो कुबेर हुनुहुन्छ!"

-बालकृष्ण गजुरेल

प्रकाशित: २ माघ २०८१ १३:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App