८ पुस २०८१ सोमबार
image/svg+xml
कला

‘चियासँग लघुकथा’ कार्यक्रम

घरैबाट सुरू नारा बोकेर चियासँग लघुकथा कार्यक्रम सम्पन्न भएको छ। पुस ७ गते शनिबार रुपन्देहीमा साहित्यिक अभियन्ता खगेन्द्र बस्यालको निवासमा सो कार्यक्रम भएकाे हाे।

इटहरीका लघुकथाकार श्री पोखरेलको बुटवल भ्रमणको अवसर पारेर उनकै प्रमुख आतिथ्यमा आयोजना गरिएको आयोजक बस्यालले बताए।

डेढ दर्जन साहित्यकारको उपस्थितिमा पानसमा बत्ती बालेर कार्यक्रम अघि बढेको थियो। कार्यक्रममा राममणि क्याम्पसमा प्राध्यापक मुक्ति गैरेले कार्यक्रमका प्रमुख अतिथि पोखरेलको परिचयमा प्रकाश पारेका थिए।

सो कार्यक्रममा डा. हरिप्रसाद भण्डारी, श्री पोखरेल, कमला भण्डारी ढकाल, लक्ष्मण ज्ञवाली, डिआर शर्मा, रमेश समर्थन, शिव खनाल, खगेन्द्र बस्याल लगायतले लघुकथा वाचन गरेका थिए।

वरिष्ठ साहित्यकार ऋषिराम भुषालले कार्यक्रममा वाचन गरिएका लघुकथाको समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए। उनले काव्य विधामा मुक्तक भने जस्तै आख्यान विधामा लघुकथाको लोकप्रियता बढ्दै गएको र लघुकथाको लेखनशिल्पबारे प्रकाश पारेका थिए।

खगेन्द्र बस्यालले साहित्यमा धेरै प्रयोग गरिरहेकाे बेला लघुकथाको यस्तो अभियान एउटा राम्रो कदम रहेको डा. मुरारी पराजुलीले बताए।

प्रमुख अतिथि पोखरेलले आफू साहित्यमा लागेपछि देशविदेशमा आफूले स्नेह प्राप्त गरेको अनुभव बाँडे।

प्रकाशित: ८ पुस २०८१ ११:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App