३ माघ २०८१ बिहीबार
image/svg+xml
कला

घरकी लक्ष्मी

लघुकथा

‘मिलिजुली बलियो बनौं!’

‘किन रुन्छेस् माहिली तेरो बुढाले मात्र तँलाई त्यसो गर्ने हैन। तेरा बाल्यकालका दौँतरीहरू सबैको अवस्था एकै छ। अस्ति तल्लाघरे काली माइत आएकी रहेछ। तेरो हालखबर सोध्न यहाँ आएकी थिई। त्यसबेला उसकाे अनुहार भुक्क सुनिएको थियो।

मैले के भएको भनेर सोध्दा ज्वरो आएर सबै शरीर सुनिएको छ काकी भनी। मैले पत्याइनँ र उसकाे मन चोर्दै ‘लोग्नेले पिटेको जस्तो छ हो’ भनेर सोधें।

‘होइन, अहिले मलाई हतार छ। पछि आउँ छु’ भनेर हिंडी।

भोलिपल्टै राम काकाकी छोरी मैयाँ पनि त्यस्तै अवस्थामा आएकी थिई। दुई दिन आमाले घाममा राखेर तेल घसेर स्याहारी। तेल घस्दा पनि ‘एय्या आत्थु’ गरेको यहाँसम्म सुनिन्थ्यो।

’ए हो र आमा, ल हेर त मेरो अवस्था पनि त त्यस्तै त छ नि

 भन्दै गम्लंग वोडेको खास्टो शरीरबाट खसाली। लोग्नेको पिटाइले पूरा शरीर नै नीलो भएको देख्दा आमा लाैन नि भनेर छोरीलाई अँगालो हालेर रुन थालिन्।

छोरीले आमालाई ढाडस दिंदै ‘अब हामी कसैले पनि लोग्नेको अत्याचार खप्नु पर्दैन आमा। तिमी पीर नगर। लोग्नेबाट पीडित हामी सबैले अब अत्याचार, अन्याय, बलात्कार केही पनि सहनु पर्दैन। हामी तिनै जनाले मिलिमतो गरेर घर छोडे।

हामीलाई घरभित्र खान लगाउन दिएर, सद्भभावले घरकी बुहारीको रूपमा राख्छौ भने माइतीमा लिन आउ नत्र भने हामी कानुनको सहाराबाट आफ्नो हक लिन्छौं  भनेर आएका छौँ।

तल्ला घरे माइली र मैयाँ पनि माइत आएका छन्। आमाबुबा र दाजुभाउजू भएको बेला उसले यसो भन्दा भन्दै सासू,ससुरा, लोग्ने, जेठाजु र जेठानी उसलाई लिन भनेर आइपुगे।

उसलाई फकाउँदै ‘हामीबाट गल्ती भयो। बुहारी भनेको नोकर्नी बराबर हो भन्ने चलन हाम्रो समाजमा धेरै पुस्ता अगाडिदेखि चल्दै आएको हुनाले हामीले तिम्लाई नोकर्नीको दर्जामा राखेका थियौं। त्यो हाम्रो गल्ती रहेछ। तिमी त हाम्रो घरकी लक्ष्मी पो हौ।’ 

प्रकाशित: २३ मंसिर २०८१ ११:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App