कोहलपुरको पूर्णिमा साहित्य प्रतिष्ठानले यस वर्षको डिसहोम बाह्रखरी कथा प्रतियोगितामा प्रथम पुरस्कार (एक लाख रुपैयाँ) जित्न सफल कथाकार विष्णु पादुकालाई सम्मान गरेको छ।
मंगलबार प्रमुख अतिथि प्राज्ञ महानन्द ढकाल र प्रतिष्ठानका अध्यक्ष पुष्कर रिजालले पादुकालाई सम्मान गरेका हुन्।
उनको ‘माग्युद् खोना’ ९३६ कथाकारलाई पछाडि पार्दै प्रथम स्थान प्राप्त गर्न सफल भएको थियो। सम्मान कार्यक्रममा रेडियोकर्मी कल्पना कार्कीले कथाको वाचन पनि गरिन्। कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव केशव निमेषले गरेका थिए।
प्रकाशित: १९ मंसिर २०८१ १०:२६ बुधबार