४ माघ २०८१ शुक्रबार
image/svg+xml
कला

विराटनगरमा स्रष्टा खेमराज पाेखरेल सम्मानित

नोबेल साकोस साहित्य संस्था विराटनगरले वरिष्ठ आख्यानकार खेमराज पोखरेललाई सम्मान गरेको छ।

साकोस विराटनगर शाखाकी अध्यक्ष मञ्जु घिमिरे दाहालकाे अध्यक्षता र नेपाल मुक्तक प्रतिष्ठान विराटनगरका अध्यक्ष बाबुराम पोखरेलकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा वरिष्ठ आख्यानकार पोखरेललाई सम्मान गरिएकाे हाे।

कार्यक्रमका प्रमुख अतिथि पोखरेलले आख्यानकार पोखरेललाई उनले नेपाली साहित्यमा पुर्‍याएकाे याेगदानकाे कदर गर्दै दोसल्ला र सम्मानपत्रकाे साथ सम्मान गरिएकाे हाे।

नोबेल साकोस साहित्य संस्थाका कोषाध्यक्ष ऋषि तिवारीले सम्मानित स्रष्टाकाे परिचय प्रस्तुत गरेका थिए भने भूपाल अधिकारीले सम्मानपत्र पढेर सुनाएका थिए।

हरेक महिना तेस्रो शनिबार हुने काव्य गोष्ठीकाे अवसरमा हुने कार्यक्रममा साहित्यकार प्रयाग न्यौपाने, उमेश लुइँटेल सूर्यकुमार दाहाल, रोहिणि रसिक, छवि वैरागी, चुणामणि घिमिरे, भुपाल अधिकारी, आँचल शर्मा, प्रज्ञा कट्टेल जयन्ता प्रधानाङ्ग लगायतले  रचना वाचन गरेका थिए।

त्यस्तै बालप्रतिभा तेजस्वी घिमिरेले नृत्य र प्रशंसा कट्टेलले गान प्रस्तुत गरेर सबैलाई मनोरञ्जन गराएकी थिइन्।

संस्थाकी सचिव सुजाता राईले सञ्चालन गरेकाे कार्यक्रममा संस्थाका सदस्य कुमार श्रेष्ठले आमन्त्रित पाहुनाहरूलाई शब्दमार्फत स्वागत गरेका थिए।

कार्यक्रममा अतिथि वक्ताहरूले नेपाली साहित्यमा साकोसले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए।

कार्यक्रममा साहित्यकार हरिहर भण्डारी, झोराहाट नाटय समूहका अध्यक्ष भरत गुरागाईं लगायतका विशिष्ट महानुभावकाे उपस्थित रहेकाे थियाे।

प्रकाशित: २६ कार्तिक २०८१ १०:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App