४ माघ २०८१ शुक्रबार
image/svg+xml
कला

लाकोजूलाई भारत-नेपाल हस्ताक्षर सेतु सम्मान

छिमेकी राष्ट्र भारतको दार्जिलिङमा रहेको सावाली प्रकाशनले साहित्यकार लाकोजूलाई भारत नेपाल हस्ताक्षर सेतु सम्मानबाट सम्मान गरेको छ। उनलाई कार्यक्रमका प्रमुख अतिथि दिलकुमारी भण्डारी, सावली प्रकाशनका अध्यक्ष सुभद्रा बन्जनले संयुक्त रूपमा नगदसहित सम्मान अर्पण गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि दिलकुमारी भण्डारीले नेपाली भाषा सुन्दर रहेको र भारतमा अन्य भाषाले जस्तै नेपाली भाषाले सम्मान पाएको विचार व्यक्त गरे। लाकोजूले साहित्य सिर्जना चेतनाको कर्म हो। यो अनुत्पादक क्षेत्र होइन भन्ने विचार राखे। सावली प्रकाशनका अध्यक्ष सुभद्रा बम्जनले साहित्यले मनहरू जोड्ने काम गरेको विचार राखे।

लाकोजूले नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका छन्। कविता, निबन्ध, हाइकु, नियात्रा, मुक्तक, अनुवाद विधामा कलम चलाउँदै आएका लाकोजूका तीन दर्जनभन्दा बढी साहित्यि कृतिहरू प्रकाशित छन्। त्यत्तिकै सङ्ख्यामा उनले साहित्यिक कृतिको सम्पादन समेत गरेका छन्। त्यसो त उनी साहित्यिक पत्रकार पनि हुन्। लाकोजूले नेपाली भाषा र साहित्यको उन्नयन, साहित्यिक संगठन र  साहित्यिक पत्रकारिताको माध्यमबाट  पुर्‍याएको योगदानका लागि  नगदसहित सो सम्मान प्रदान गरिएको हो।

उक्त अवसरमा सिमरन गुरुङलाई विनोद स्याङ्देन स्मृति हस्ताक्षर सम्मान अर्पण गरिएको थियो। साहित्यकार सुभद्रा बमजनको हस्ताक्षर नामक पुस्तक लोकार्पण पनि सो कार्यक्रममा भएको थियो।

प्रकाशित: २५ कार्तिक २०८१ ०९:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App