४ माघ २०८१ शुक्रबार
image/svg+xml
कला

मनाइयाे छयासीऔं चेतन कार्की जन्मजयन्ती

चेतन कार्की प्रतिष्ठानले वरिष्ठ चलचित्र निर्देशक, कवि एवं संस्कृतिविद् चेतन कार्कीको छयासीऔं जन्मजयन्ती मनाएकाे छ।

वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष चर्चित कलाकार मिथिला शर्माको सभाध्यक्षतामा भएको थियो।

कार्यक्रममा प्रतिष्ठानकी प्रमुख संरक्षक श्रीमती गंगा कार्की, प्रमुख अतिथि भैरवबहादुर थापा, अध्यक्ष मिथिला शर्मा, वरिष्ठ कलाकारहरु मदनदास श्रेष्ठ, नीर शाह, वरिष्ठ इतिहासविद् प्राडा सुरेन्द्र केसी, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी., नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, चर्चित गायक प्रेमराजा महत, वरिष्ठ समालोचक प्राडा गोविन्दमान सिंह कार्की, चेतन कार्की प्रतिष्ठानका उपाध्यक्ष मोहन निरौला, कार्यसमिति सदस्य राधेश्याम लेकाली र चेतन कार्कीका नातिनी मदालसाश्री कार्की लगायतले मन्तव्य राख्दै चेतन कार्कीको योगदानको चर्चा गरेका थिए।

कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्षमा नियुक्त भएकोमा कलाकार दिनेश डी. सी.लाई माला लगाएर बधाई ज्ञापन गरिएको थियो। कार्यक्रममा गायक रितु कँडेलले चेतन कार्कीको गीत गाएकी थिइन्।

प्रतिष्ठानका महासचिव मुरारी सिग्देलले सहजीकरण गरेकाे कार्यक्रममा नृत्य निर्देशक वसन्त श्रेष्ठ, कलाकारहरू वसुन्धरा भूषाल, चैत देवी सिंह, आरपी पन्त, मिलन मोक्तान, नरहरि प्रेमी, छत्रबहादुर गुरुङ, पूर्व सचिव डा. खगराज बराल, साहित्यकारहरू गोपाल थपलिया, श्रीपुरुष ढकाल, रमेशनाथ खनाल, हिरण्यकुमारी पाठक, नरेन्द्रबहादुर श्रेष्ठ, भीम खरेल, नगेन्द्रराज पौडेल, श्रीओम श्रेष्ठ राेदन, रामप्रसाद पन्त, सुमन वर्षा, प्रद्युम्न जोशी, विजयध्वज थापा, श्रीबाबु कार्की, दीपा राई पुन, प्रेमप्रसाद भट्टराई, नरेन्द्रबहादुर श्रेष्ठ, यादव भट्टराई, सुवाशचन्द्र ढुङ्गेल, रत्नलक्ष्मी श्रेष्ठ, शिव अधिकारी, बेन्जु सरोज, समिना खनाल पृथा, वैरागी जेठा, इन्दिरा ढकाल, राज रजक, सुधा शर्मा, नीरा श्रेष्ठ, गीता अधिकारी, भानुप्रकाश जोशी, जीवनकुमार श्रेष्ठ, कला भट्टराई, एनबी अन्जान, प्रमोद सारङ, प्रज्वल अधिकारी, इम्तियाज वफा, मोमिन खान, डा. गणेश गुरुङ, राम गुरुङ, बद्री गुरुङ लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: २३ कार्तिक २०८१ १३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App