१२ पुस २०८२ शनिबार
image/svg+xml
कला

कवि शुकुन ज्ञवालीलाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’

साहित्यिक पत्रकार सङ्घले कवि शुकुन ज्ञवालीलाई ‘व्यथित काव्य डायस्पोरा सम्मान-२०८०’ प्रदान गरेको छ।

कार्यक्रम साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षता र वरिष्ठ आख्यानकार माया ठकुरीको प्रमुख आतिथ्यमा भएको थियो।

कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधानले सम्मानित स्रष्टा शुकुन ज्ञवालीको परिचय राख्दै व्यथित काव्य पुरस्कार र साहित्यिक पत्रकार संघबारे चर्चा गरेका थिए।

कार्यक्रममा समालोचक प्राडा लक्ष्मणप्रसाद गौतम, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष कवि रामकाजी कोने, नेपाल स्रष्टा समाजका अध्यक्ष वरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ रोदन, शिक्षाविद् मीना सिंह खड्का, कलाकार मदनदास श्रेष्ठ र इतिहासविद् प्राडा सुरेन्द्र केसीले मतव्य राखेका थिए। त्यस्तै लाेकप्रिय गायक शिशिर योगीले गीत गाएर कार्यक्रमकाे राैनक बढाएका थिए।

यसैगरी प्रमुख अतिथि माया ठकुरी, अध्यक्ष राधेश्याम लेकाली र सम्मानित स्रष्टा शकुन ज्ञवालीले पनि मन्तव्य राखेका थिए।

लामो समयदेखि अमेरिकामा बस्दै आएका कवि शकुन ज्ञवाली सिर्जना कर्ममा समर्पित छन्। उनको साहित्यिक यात्राबारे समालोचक प्रमोद प्रधानले समालोचकीय मन्तव्य राखेका थिए। प्रधानले सिर्जना र साहित्यिक अभियानमा संलग्न कवि शकुन ज्ञवालीकाे नेपाली भाषामा महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनको निरन्तर साधनाको कामना गरेका थिए।

त्यसैगरी वरिष्ठ समालोचक प्राडा लक्ष्मणप्रसाद गौतमले कवि शकुन ज्ञवालीको लेखनमा पृथक् धार र नवीनशैली रहेको बताए।

सम्मानित कवि शकुन ज्ञवालीले आफूले साहित्यमा नलागेको भए गीतसंगीतमा लागेर पेट पाल्थें होला भन्ने धारणा राख्दै आफूले अमेरिकामा गर्दै आएको कर्मबारे बाेलेका थिए।

कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष कवि रामकाजी कोनेले शुभकामना मन्तव्य राख्दै एक सक्रिय मुक्तककार शकुन सम्मानित हुँदा आफूलाई खुसी लागेको बताए।

यसैगरी कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ र प्राडा सुरेन्द्र केसी लगायतले शुभकामना मन्तव्य राखेकाे सो कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ आख्यानकार माया ठकुरीले शकुन ज्ञवालीलाई सिर्जनात्मक यात्राका लागि आशीर्वाद प्रदान गरेकी थिइन्।

कार्यक्रममा समालोचक प्राडा गोविन्दमानसिंह कार्की, आख्यानकार हिरण्यकुमारी पाठक, गीतकार एवं समाजसेवी शोभित उप्रेती, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, शिक्षाविद्, गोपाल विश्वकर्मा, चर्चित सर्जक नन्दकृष्ण जोशी, साहित्यकारहरू -प्राडा गोविन्दमान सिंह कार्की, विमल भौकाजी, जयदेव भट्टराई, माधव ज्ञवाली, रामप्रसाद पन्त, सुमन वर्षा, भगवती बस्नेत, राजेश खनाल, प्रद्युम्न जोशी, रन्जना निरौला, डा. शान्तिमाया गिरी, ज्ञाननिष्ठ ज्ञवाली, श्रीबाबु कार्की, रमेश दाहाल, दिव्य गिरी, सविता श्रेष्ठ बेहोसी, कल्पना खरेल, देवेन्द्र केसी, राज रजक, शोभा खतिवडा, बुलु मुकारुङ, अनुष्का सापकोटा, आज्ञा सापकोटा लगायतको उपस्थिति थियो।

अमेरिकाबाट आएका विमल सापकोटा र तृष्णा कुँवरलाई स्वागत सम्मान गरिएको सो कार्यक्रमको सहजीकरण कवि यादव भट्टराईले गरेका थिए।

२०४० सालमा स्थापना गरिएको व्यथित काव्य पुरस्कार नेपाली साहित्य जगतका प्रतिभाशाली कविलाई साहित्यिक पत्रकार सङ्घबाट प्रदान गर्ने गरिन्छ। यस पुरस्कारबाट दिनेश अधिकारी, जीवन आचार्य, घनश्याम कँडेल, मेघराज मन्जुल, उषा शेरचन, गणेश विषम, तोया गुरुङ, प्रमोद प्रधान, पूर्ण विराम, विजय बजिमय, मन्जु काँचुली, नरेन्द्रबहादुर श्रेष्ठ, कुन्ता शर्मा र बुँद राना लगायतका कविहरूले यसअघि नै सम्मानित भएका छन्।

त्यस्तै अन्य सम्मानित हुनेहरूमा नवराज कार्की, विश्वविमोहन श्रेष्ठ, कृष्ण बाउसे, दुवसु क्षेत्री, महेश प्रसाई, मोहन दुवाल, कृष्ण जोशी, डा. राममान तृषित, विमल निभा, नरेश शाक्य, मधुसूदन गिरी, अनिलकुमार अनल, वसन्त श्रेष्ठ, ज्ञानेन्द्र गदाल, बाबा बस्नेत, राजेन्द्र शलभ, धीरेन्द्र प्रेमर्षि, शशी थापा, डा. दामोदर पुडासैनी, सन्ध्या पहाडी, शेखर ढुङ्गेल, उदय निरौला, श्रवण मुकारुङ, रमेश श्रेष्ठ, कृसु क्षेत्री, मोमिला जोशी र गीता कार्की रहेका छन्।

यसैगरी ‘व्यथित काव्य डायस्पोरा सम्मान’ बाट कविहरू हेमन्त श्रेष्ठ (अमेरिका), गोवर्धन पूजा (अमेरिका), भीमसेन सापकोटा (अस्ट्रेलिया), प्रकाश पौडेल माइला (जापान), जगत नवोदित (बेलायत) खेमनाथ दाहाल (अमेरिका) सम्मानित भइसकेका छन्।

प्रकाशित: ६ कार्तिक २०८१ ०९:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App