६ पुस २०८१ शनिबार
image/svg+xml
कला

कला क्षेत्रलाई ब्रिटिस काउन्सिलको अनुदान आवेदन

नेपालमा जलवायु क्षेत्रमा कार्यक्रम वृद्धि गर्ने उद्देश्यले ब्रिटिस काउन्सिलले कलाकार र सांस्कृतिक संस्थाहरूलाई लक्षित गरी आवेदन माग गरेको छ।

मंगलबार एक सूचना जारी गरी काउन्सिलको ‘द क्लाइमेट फ्युचर्स साउथ एसिया’ कार्यक्रममार्फत उक्त आवेदन माग गरिएको छ। आगामी नोभेम्बर २५ भित्र उक्त आवेदन भरिसक्नुपर्ने ब्रिटिस काउन्सिलले जनाएको छ।

कलाकार र सांस्कृतिक संस्थाहरूलाई नवीन परियोजनामार्फत जलवायु आपत्काललाई सम्बाधेन गर्ने उद्देश्यले सांस्कृतिक संस्थालाई अवसर प्रदान गर्न लागेको हो। नेपालको कला क्षेत्रमा सहयोग प्रदान गर्न द क्लाइमेट फ्युचर्स साउथ एसिया कार्यक्रम ढाँचा तयार गरिएको हो।

आवेदनमार्फत छनोटमा परेका सांस्कृतिक संस्थाहरूलाई करिब २६ लाख २५ हजार नेपाली रूपैयाँ अनुदानमार्फत उपलब्ध गराइने छ। सांस्कृतिक क्षेत्रमा ज्ञान अभिवृद्धि र दिगोपनमा योगदान गर्ने, कला क्षेत्रभित्र जलवायु परिवर्तन जागरण र दिगो दृष्टिकोण अभिवृद्धि गर्न पूर्वाधार अनुकूलन गर्ने उद्देश्य परियोजनाको रहेको छ। परियोजनाभर बेलायतका प्रमुख विशेषज्ञहरूद्वारा मार्ग निर्देशन हुनेछ।

सम्भावित आवेदकहरूलाई सहयोग गर्न, ब्रिटिस काउन्सिलले अक्टोबरमा सूचना सत्रहरूको एक शृंखला आयोजना गर्नेछ। यी सत्रहरूले आवेदन प्रक्रियासम्बन्धी आवश्यक जानकारी प्रदान गर्नेछ र आवेदकहरूलाई कोष अनुमोदनका लागि उनीहरूको सम्भावनालाई अधिकतम बनाउन सहयोग गर्दछ।

ब्रिटिस काउन्सिलद्वारा जारी द क्लाइमेट साउन एसिया कार्यक्रम भारत, पाकिस्तान, बाङ्लादेशलगायत देशहरूमा पनि सञ्चालित छ। थप जानकारी आवेदकहरूले द क्लाइमेट साउथ एसिया कार्यक्रमको वेभपेजबाट लिन सक्नेछन्।

प्रकाशित: ३० आश्विन २०८१ ०७:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App