१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

डा.रेणुका सोलुको एघाराैं कृति ‘तुइन जिन्दगी’ लाेकार्पण

वरिष्ठ साहित्यकार डा.रेणुका सोलुको एघाराैं कृति संस्मरणात्मक निबन्धसङ्ग्रह ‘तुइन जिन्दगी’ काे लाेकार्पण तथा परिचर्चा भएको छ। ललितपुरस्थित इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पुस्तकालय हलमा एक भव्य कार्यक्रमबिच पुस्तककाे लाेकार्पण भएको हो।

माननीय गगनकुमार थापा, वरिष्ठ साहित्यकार माया ठकुरी, प्राडा सावित्री मल्ल कक्षपती, समाजसेवी आङ्गेलु शेर्पा, टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा, अशेष मल्ल, समालोचकत्रय डा. दामोदर पुडासैनी किशोर, डा. गीता त्रिपाठी, ज्ञानु अधिकारी, लेखकका जीवनसाथी बलबहादुर थापा र डा. रेणुका सोलुले संयुक्त रूपमा कृतिकाे लाेकार्पण गरेका हुन्।

लाेकार्पित कृतिकाे परिचर्चा पनि भएकाे थियाे। डा. दामोदर पुडासैनी, डा. गीता त्रिपाठी, ज्ञानु अधिकारी र लेखक स्वयं सोलुले परिचर्चामा भाग लिएका थिए। परिचर्चामा सबै वक्ताले नारी सङ्घर्षकाे सफलताकाे कथा अँगालेकाले ‘तुइन जिन्दगी’ निबन्धसंग्रह सबैका लागि प्रेरणादायी रहेकाे बताए।

डा. दामोदर पुडासैनी किशोरले कृतिमा समाज हिजाे र आज, सामाजिक पक्ष, ज्ञानु अधिकारीले कृतिमा मानवीय संवेदनाका आयामहरू र डा. गीता त्रिपाठीले कृतिमा नारीवाद र नारी चेतना विषयमा समीक्षात्मक टिप्पणी गरेका थिए।

कार्यक्रममा साहित्यकार निलुफर बञ्जराले पाठकीय प्रतिक्रिया राख्दै कृतिमा समयकाे जिवन्त तस्वीर  उतारिएकाे बताइन्।

माननीय गगनकुमार थापा, माया ठकुरी, प्राडा सावित्री मल्ल कक्षपती, आङ्गेलु शेर्पा र कर्मा शेर्पाले शुभकामना मन्तव्य राखेका थिए।

कलाकार रक्षा थापाले स्वागत मन्तव्य राखेकाे कार्यक्रम निबन्धकार डा. रेणुका सोलुले धन्यवाद मन्तव्य सहित कार्यक्रम समापन गरेकी थिइन्।

साहित्यकार भैरवी भूगोलले सञ्चालन गरेकाे कार्यक्रममा भुँडी पुराण प्रकाशनकाे केशव पराजुली, क्रान्ति पराजुली, खेमराज पाेखरेल, मञ्जिला अनिल, प्रोल्लास सिन्धुलीय, सुशीला देउजा, डा. यादेवी ढकाल, ललिता दाेषी, सानुराजा अनजान, सुवास जमरकट्टले, शुभलक्ष्मी काेइराला लगायतकाे उपस्थिति रहेकाे थियाे।

डा. सोलुको यसअघि ‘भीरमह’, ‘चिराक’ लगायतका १० कृति प्रकाशित छन्। मानव अधिकारकर्मी तथा समाजसेवामा समर्पित डा. सोलुले सामाजिक विषयवस्तुलाइ अनेक कोणबाट कलात्मक रूपमा प्रस्तुत गर्न सिपालु रहेकी छन्।

प्रकाशित: १३ आश्विन २०८१ ०८:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App