नारीहरूकाे साहित्यिक संस्था ‘गुञ्जन नेपाल’ले प्रज्ञाप्रतिष्ठानमा स्थापनाको २६ औं वार्षिकोत्सव मनाएको छ।
गुञ्जनकी अध्यक्ष साहित्यकार जलेश्वरी श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा ‘गुञ्जन त्रिवेणी आख्यान पुरस्कार सम्मान’ बाट वरिष्ठ आख्यानकार राजेन्द्र विमल सम्मानित भएका छन्।
यसैगरी ‘गुञ्जन नारी साहित्य प्रतिभा पुरस्कर सम्मान’ बाट साहित्यकार उमा सुवेदी, ‘गुञ्जन साहित्य पुरस्कार सम्मान’बाट साहित्यकार राधेश्याम लेकाली, ‘गुञ्जन मातृभाषा पुरस्कार सम्मान’ बाट अपर्णा प्रधान सम्मानित भएका छन्।
यसैगरी ‘गुञ्जन लक्ष्मीराज भण्डारी बालपुरस्कार’ बाट श्रीयङ्का बस्नेत,‘गुञ्जन जेष्ठ नागरिक पुरस्कार सम्मान’बाट साहित्यकार हिरण्यकुमारी पाठक र ‘गुञ्जन उन्नती गीतकार पुरस्कार सम्मान’बाट गीतकार शीला पन्त सम्मानित भएका छन्।

त्यस्तै साहित्यक सहकार्यमा कार्यक्रम गरेका दुई संस्थाका प्रमुख मचान कन्ट्री भिल्ला चितवनका प्रकाश श्रेष्ठ र किरण श्रैष्ठलाई र भिम विराग संगीतका अध्यक्ष केशवलाल श्रेष्ठलाई गुञ्जन सम्मान प्रदान गरिएको थियो।
उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भुपाल राई र अध्यक्ष जलेश्वरी श्रेष्ठले प्रदान गरेका थिए।
कार्यक्रममा बालकलाकार श्रीयङ्काको आर्कर्षक नृत्य प्रस्तुत गरिएको थियो।कार्यक्रममा संस्थाकी सचिव साहित्यकार सन्ध्या पहाडीले पुरस्कृत र सम्मानित स्रष्टाहरूको परिचय प्रस्तुत गरेकी थिइन्।
साहित्यकार सिर्जना शर्माले स्वागत र इल्या भट्टराईको धन्यवाद ज्ञापन प्रस्तुत गरेकाे कार्यक्रमको सहजीकरण महासचिव सुष्मिता नेपालले गरेकी थिइन्।
प्रकाशित: ४ आश्विन २०८१ १०:५४ शुक्रबार





