२ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

योगी र बिसीको अर्को सहयात्रा 'साहिँला दाइ' स्रोतामाझ

धेरै पहिले जनताले चाहेको व्यवस्था फरियो। त्यसपछि पटक पटक सत्ता फेरियो । वर्षमै तीनचारवटा सरकार फेरियो। तर कहिल्यै जनताको अवस्था फेरिएन। 

र त, आज देशै रित्तिजानेजसरी विदेशिनेको लर्को लागेको छ। युवा मात्रै होइन अधबैंसेलाई पनि देशको अवस्थादेखि झर्को लागेको छ। हो यही भावमा संचारकर्मी तथा गीतकार शिवराज योगीले रचना गरेको 'साहिँला दाइ' बोलको गीत सार्वजनिक भएको छ।

कोरोना कालमा संगीतकार भिम बिसीसँगको सहकार्यमा 'ऐना हेरी हेरी' बोलको गीत रचना गरेका योगीले ुसाहिँला दाइु पनि बिसीसँगै सहकार्य गरेका हुन्।

सैयौँ गीतमा संगीत दिइसकेका बिसीले 'साहिँला दाइ' को संगीत पनि शब्दको भावमाथि न्याय हुने गरी निर्माण गरेका रचनाकार योगीले बताए।

युद्धकालपछि राजनीति व्यवस्था परिवर्तन भएत देशले मुहार फेर्छ होला, स्वदेशमै धेरैथोक हुन्छ होला भन्ने आम भावनामा झनै ठेस लागेको कुरालाई रचनाकारले भनेका छन्ःः

खोर्सिँदैमा साहिँली दिदी जिन्दगी खिइगयो

व्यवस्थाले साहिँली दिदी आस मात्रै दिइगयो

पीरैपीरकै भिर...

जनतालाई आसैआस मात्र अनि राजनीतिक नेपथ्यमा भइरहने एकपछि अर्को बेइमानीले किशोरवयमै हरेक नेपाली देश छोड्न चाहने र त्यसले सामाज तथा पारिवारहरुमा छाएको निराशा समेटिएको गायक शम्भु रैका र प्रेरणा विश्वकर्माले न्यायपूर्ण आवाज दिएका छन्।

बुढेसकालको सहारा टिकेन आगनमा

चरीजस्तै साहिँला दाइ उडीगयो गगनमा

पीरैपीरको भीर

गायिका प्रेरणा सुदूरपश्चिमको कञ्चनपुर गुलरिया ५ मा जन्मिएर सांगीतिक क्षेत्रमा होमिएकी नयाँ अनुहार हुन्। उनीे नेपाल आइडल सिजन ५ मा सुदूरपश्चिमबाट पहिलो गोल्डेन माइक पाउन सफल प्रतिभा हुन। नेपाल आइटलको टप १० मा पर्न सफल उनी यतिबेला काठमाडौंमा  संगीत प्रशिक्षणसँगै लिङ्कन कलेजमा छात्रवृत्तिमा बिबिएस अध्ययनरत छिन्।

शम्भु रैका दुई दशकदेखि सांगीतिक क्षेत्रमा छन्। विभिन्न परिस्थितिले सांगीतिक क्षेत्रबाट केही ओझेल परेका रैका कैलालीको धनगढीका स्थायी बासिन्दा हुन।

२०६२ सालमै पहिलो गीत रेकर्ड गराइसकेका रैका २०६४ को सुदूरपश्चिम आइडल गायनमा विजयी प्रतिभा हुन्। एमएसम्मको अध्ययन गरेका उनले चलचित्र र एल्बमहरुमा गरेर तीन दर्जन गीत रेकर्ड गराइसकेका छन्।

गीतको भिडियोमा क्रिस बम र निरुता बिष्टको अभिनय । निरुता त्यस्ती नायिका हुन जसका श्रीमान लामो समयदेखि अस्पतालको शय्यामा छन्। उनी हरेक दिन आफ्नो श्रीमानको आवाजका लागि इश्वर पुकारिरहेकी हुन्छिन्। हरेकपल असक्त श्रीमानको सेवामा समर्पित भएको कुरा उनले सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेकी हुन्छिन्।

हरिभक्त बुढाथोकीको प्रस्तुति रहेको 'साहिँला दाइ' गीतको भिडियो निर्देशन तथा निर्माण बिक्रम चौहानले गरेका हुन्। प्रकाश खडकाले खिचेको भिडियो सम्पादन मीन रावलले गरेका हुन।

विश्व अधिकारीको एरेन्ज्, सुमन र खुमन रानाले रेकर्ड गरेको म्युजिक भिडियोको मिक्सिड कुमार रानाले गरेका हुन्। गीत मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो।

प्रकाशित: २८ भाद्र २०८१ १४:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App