१ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

नेपथ्यको अमेरिका शृङ्खला सकियो, ह्यारिसबर्गका दर्शकले गरे आत्मीय बिदाई

नेपथ्यको अमेरिका शृङ्खला सकिएको छ। पेन्सिलभानियाको ह्यारिसबर्गमा डेढ महिने लामो कन्सर्टको अन्तिम कार्यक्रमसँगै नेपथ्यको आत्मीय बिदाई गरिएको छ।

डेढ महिना लामो अमेरिका यात्रामा सातवटै सहरका प्रत्येक हल खचाखच भरिने गरी जम्मा भएका तमाम दर्शकप्रति नेपथ्यले आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्दै बिदा भयो।

निर्धारित तालिका अनुसार शनिवार बेलुकी ठीक ६ बजे हलका ढोका खुलेका थिए। त्यसैगरी ठ्याक्कै ८ बजे कन्सर्ट सुरु भएको कार्यक्रममा स्थापनाकालीन ‘आँगनैभरि’देखि भर्खरै रेकर्ड भएको ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि’सम्म सबै गीतमा दर्शकले नाचेर, गाएर साथ दिएका थिए।

दुवैतर्फको उत्साह र उत्तेजनाले कन्सर्टको सुरुवातदेखि नै मञ्च र दर्शकदीर्घाबीच एक किसिमको बन्धन विकास हुँदै गएको देखिन्थ्यो।

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।

यस वर्ष कोलोराडोको डेनभरबाट सुरु भएको अमेरिका यात्रा त्यसपछि क्रमशः क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को, ओहायो राज्यको कोलम्बस, टेक्सासको डालास, न्युयोर्क, मेरिल्यान्ड र अन्त्यमा पेन्सिलभानियाको ह्यारिसबर्गमा प्रस्तुत भएपछि अब ब्यान्ड स्वदेश फर्कने तयारीमा जुटेको छ।

प्रकाशित: २५ भाद्र २०८१ ०९:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App