२९ भाद्र २०८१ शनिबार
image/svg+xml
कला

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी) नियुक्त भएका छन् । बिहिबार बसेको  मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।

फिल्म निर्देशक,अभिनेता तथा संचारकर्मी समेत रहेका डीसी सत्तारुढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् । उनी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माता र प्रस्तोताको रुपमा समेत चर्चित छन् ।

चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि लागि तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस भएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार डिसीसँगै, दीपा पाण्डे र राजेश थापाको नाम पनि सिफारिस भएको थियो ।

प्रकाशित: १३ भाद्र २०८१ २१:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App