६ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

'एक्टर' को दोस्रो पोस्टरमा प्रदीपको लुक्स

पोस्ट प्रोडक्सनमा रहेको फिल्म 'एक्टरस् टेक वान' को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक भएको छ। निर्माणपक्षले आज थिम पोस्टर सार्वजनिक गरेको हो।

पोस्टरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्कालाई देख्न सकिन्छ। लामो कपालमा रहेका उनको अनुहारभरी घाउचोट लागेको आलो रगत छ। यसले उनी कसैको आक्रमणमा परेको प्रष्ट बुझिन्छ।

कालो टिसर्टमा रहेका उनी कुनै होटेल वा पवमा रहेका हुन् कि भन्ने पृष्ठभूमी हेरेर अनुमान लगाउन सकिन्छ। तर प्रष्ट भने छैन। यद्यपि, कालो टिसर्ट, मुख्य पात्रमाथिको आक्रमण र पृष्ठभूमीको कलरले कतै चलचित्रले स्याड स्टोरी त भनेको छैन भन्ने अनुमान लगाउन सकिन्छ। तर निर्माणपक्षले स्टोरी खुलाएको छैन।

कात्तिक १५ गते रिलिज हुने फिल्म ुएक्टरुमा प्रदीपसँगै डेव्यु अभिनेत्री दिव्या रायमाझी, आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौलालगायत कलाकारको अभिनय रहनेछ। अभिनेता खड्काले पहिलो पटक फिल्मको पर्दामा आना र दिव्यासँग सहकार्य गर्न लागेका हुन्।

राजन भुसालको निर्देशन रहेको फिल्मका निर्माता थमन कुमारी भण्डारी हुन्। क्रेयटिभ प्रोडुसर मोती कार्की रहेको फिल्मको लाइन प्रोड्युसरमा तोरन क्षेत्री हुन्। फिल्मको कथा आकाश बराल र राजन स्वयंले लेखेका छन्।

प्रकाशित: १३ भाद्र २०८१ १२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App