१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

घुम्ती कविगोष्ठी नेपालकाे १४१ औं शृङ्खला

घुम्ती कविगोष्ठी नेपालको १४१ औं शृङ्खलाको कवितावाचन यात्री पुस्तकालय कपन, खरीबोटमा भएको थियो। घुम्तीका उपाध्यक्ष एवं यात्री पुस्तकालयका अध्यक्ष त्रिलोचन आचार्यको अध्यक्षता र वासुदेव गुरागाईंको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमका विशिष्ट अतिथिहरूमा बुनपा वडा नं. १२ का अध्यक्ष शम्भु भट्टराई र डा. शैलेन्दुप्रकाशन नेपाल रहेका थिए।

अतिथिहरूमा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि, डा. कृष्ण सुवेदी, डा. मधुसूदन पाण्डे, दुर्गा अधिकारी भमरकोटे, घुम्तीका सल्लाहकार एवं संस्थापक अध्यक्ष प्रदीपरत्न शाक्य, पत्रकार विनोद दाहाल वत्स, विमल अर्याल रहेका थिए।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि शम्भु भट्टराईले आफ्नो कार्यकाल कहिल्यै औंला उठाउने नबनेको बताउँदै सधैं असल कार्य गरेको र जनतासँग रही जनआकाङ्क्षाअनुरूप कार्य गरेकाले दुई कार्यकालसम्म सबैले पत्याएको बताएका थिए। उनले आफू साहित्य र साहित्यकारको पक्षमा रहेको बताउँदै साहित्य र संस्कृतिको जगेर्ना गर्न सधैं लागिपरेको र लागिपर्ने बताए।

साहित्यकार समीक्षक गोविन्द घिमिरे वेदमणिले साहित्य अभिधार्थ नभई व्यञ्जनामा हुनुपर्ने बताउँदै राजनीतिक व्यङ्ग्य मात्र होइन सामाजिक, धार्मिक विसङ्गतिमाथि पनि व्यङ्ग्य गरेका थिए।

त्यस्तै सल्लाहकार प्रदीपरत्न शाक्यले संस्थापक भनेको स्थापना गर्ने मात्र हुनुपर्नेमा स्थापनापछि जोडिएका पनि संस्थापक भनिएकोमा सच्याउनुपर्ने बताए।

कार्यक्रममा अन्य अतिथिहरूले पनि घुम्ती कविगोष्ठी नेपालको सराहना गर्दै आआफ्ना रचना वाचन गरेका थिए।

घुम्तीका सचिव रामकुमार पण्डितले सञ्चालन गरेको उक्त कार्यक्रममा घुम्तीका अध्यक्ष माधवलाल श्रेष्ठले स्वागत मन्तव्यसहित रचना वाचन गरेका थिए। त्यस्तै सुशील आचार्य, महेश्वर खनाल, होमशङ्कर बास्तोला, भोजराज रेग्मी मुखाले, परशुराम पराशर, मिसन अधिकारी, बिसुकुमार केसी, डा.कृष्ण सुवेदी भारद्वाज मित्र, डा.मधृसूदन पाण्डे, दुर्गा अधिकारी भमरकोटे, शारदा पराजुली, विनोद दाहाल वत्स, राजेशमान केसी, शिवराम घिमिरे, कविता दाहाल, गीता मिश्र, ओमकार नेपाल, विश्वनाथ तामाङ, विमल अर्याल, प्रदीपरत्न शाक्य, नारायण नेपाल, सविता पोखरेल, पर्शुराम अधिकारी, अतिथि, प्रमुख अतिति र अतिथिहरूले आआफ्ना रचना वाचेका थिए।

प्रकाशित: ९ भाद्र २०८१ १३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App