२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
कला

‘अभिव्यक्ति भेटघाट’मा भाषाका पाँच अभियन्ता सम्मानित

नेपाली भाषाको शुद्धीकरणमा लागेका पाँच अभियन्तालाई सम्मान गरिएको छ। भाषाविद् शरचन्द्र वस्ती, चूडामणि गौतम, डा. गाउँले बलदेव अधिकारी, अधिवक्ता स्वागत नेपाल र पत्रकार टपेन्द्र कार्कीलाई ‘अभिव्यक्ति भेटघाट’ कार्यक्रममा सम्मान गरिएको हो।

विसं २०५८ देखि प्रत्येक महिना हुँदै आएको साहित्यकारहरूको भेटघाट कार्यक्रममा अग्रज साहित्यिक पत्रकारद्वय नगेन्द्रराज शर्मा र रोचक घिमिरेले भाषा अभियन्ताहरूलाई सम्मान गरेका थिए।

अभिव्यक्ति साहित्यिक पत्रिकाका प्रधानसम्पादक पवन आलोकको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सल्लाहकार श्रीओम श्रेष्ठ रोदन र कार्यकारी सम्पादक देविका तिमिल्सिनाले नेपाली भाषाको वर्तमान अवस्थाबारे बोलेका थिए।

विसं ०६९ साउन १२ गते तत्कालीन शिक्षामन्त्रीले गरेको निर्णयले प्रचलित नेपाली भाषा र व्याकरण भत्काउने काम गरेको थियो। त्यसको विरुद्धमा अधिवक्ता स्वागत नेपाल, पत्रकार टपेन्द्र कार्की र डा. बलदेव अधिकारीले सर्वोच्चमा रिट हालेका थिए। त्यही रिटको आधारमा सर्वोच्च अदालतले मन्त्रीस्तरीय निर्णय खारेज गरेर त्यस पूर्वको मानक भाषा र व्याकरण लागू गर्ने निर्णय गरेको थियो।

विशेष कारण अभियन्ता डा. बलदेव अधिकारी कार्यक्रममा अनुपस्थित रहे पनि उनलाई शब्दमार्फत सम्झना गरिएकाे थियाे। 

प्रकाशित: ९ भाद्र २०८१ ११:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App