३ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

समालाेचक प्राडा कपिल लामिछानेका ‘लघुकथा समालाेचना’ बजारमा

पुस्तक

समालाेचक प्राडा कपिल लामिछानेकाे लघुकथा समालाेचना बजारमा आएकाे छ। साहित्यका विविध विधामा उत्तिकै ख्याति कमाएका लामिछानेका ‘लघुकथा समालाेचना’ संग्रहमा चवालीस लघुकथाकारका चवालीस लघुकथाकाे गहन तरीकाले समालाेचना गरिएकाे छ। समालाेचना कृतिमा परशु प्रधानको ‘बन्द प्रसङ्ग’ लघुकथादेखि सुरू भएर  शेखर अर्यालको ‘आरन’ लघुकथामा समालाेचना क्रम रहेकाे छ।

नेपाली साहित्यमा पछिल्लाे समय निकै फस्टाएकाे विधा हाे लघुकथा। नेपाली साहित्यमा लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनकाे अगुवाइ भएपछि लघुकथाले झ्याँगिने माैका पाएकाे छ। दिनानुदिन लघुकथा लेख्ने बढे पनि यस विधामा समालाेचकहरूकाे आँखा त्यत्ति परेकाे छैन। समालाेचना लेखिने क्रम बिस्तारै बढ्दै गएकाे छ।

यही क्रममा लामिछानेका समालाेचना संग्रह भुँडी पुराण प्रकाशनले बजारमा ल्याएका छन्। उक्त कृतिमा परशु प्रधानको ‘बन्द प्रसङ्ग’, विनय कसजूको ‘शान्तिको चरा’ , नारायण तिवारीको ‘तिम्रो कुरा\मेरो कुरा’, नवराज रिजालको ‘भोको मान्छे, विजय सागरको ‘बुवाको नाम’, विश्वराज अधिकारीको ‘अर्थशास्त्र’, कुसुम ज्ञवालीको ‘कमरेडको हत्या’, गोरखबहादुर सिंहको ‘बाजी’, पोष चापागाईंको ‘रिक्सावाला’,  प्रदीप प्रधानको ‘राजनीति’, आर.आर. चौलागाईंको ‘कुकुर र मान्छे’, श्रीओम श्रेष्ठ रोदनको ‘शक्तिसूत्र’ र हरिप्रसाद भण्डारीको ‘कुर्सी’ काे समालाेचना गरिएकाे छ।

त्यसैगरी राधा कार्कीको ‘प्रतिवाद’, सुमन सौरभको ‘चलाखी’, टीकाराम रेग्मीको ‘टिप्स्’, रवीन्द्र समीरको ‘चाड’,भास्करको ‘नेताको तस्बिर’, रुद्र ज्ञवालीको ‘लट्ठी’, विजय चालिसेको ‘कला’, पुष्करराज भट्टको ‘ढोग’,राजु क्षत्री अपुरोको ‘स्वास्थ्य दिवस’, होम सुवेदीको ‘शङ्कालु’ र श्याम आशाको ‘बत्ती’ काे समालाेचना छ।

त्यस्तै षडानन्द पौड्यालको ‘याचक’, गोपाल अश्कको ‘आजको लक्ष्मण’, तुलसीहरि कोइरालाको ‘मानवअधिकार’, ध्रुव मधिकर्मीको ‘धोएको गधा’, लक्ष्मण अर्यालको ‘पेसा’, एकदेव अधिकारीको ‘कुल्फी’, भरतकुमार भट्टराईको ‘आशीर्वाद’, विधान आचार्यको ‘कुरुवा’, धनराज गिरीको ‘अर्घ’, विजयराज आचार्यको ‘इन्काउन्टर’, गणेशकुमार पौडेलको ‘हराएको कुकुर’, खेमराज पोखरेलको ‘विवेकी कुकुर’, कृष्ण बजगाईंको ‘कुकुर क’, श्रीराम राईको ‘हर्कत’, रचना शर्माको ‘फादर्ज डे’, रञ्जन घिमिरेको ‘पूर्व तयारी’, शेखरकुमार श्रेष्ठको ‘सुझाउ’, विनोद नेपालको ‘प्रस्ताव’, सत्या अधिकारीको ‘भोक’ र शेखर अर्यालको ‘आरन’ लघुकथा रहेका छन्।

प्रकाशित: ४ भाद्र २०८१ १०:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App