२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
कला

देखासिकी

लघुकथा

‘खैखै हामीलाई चस्मा देखाउनुस् त!’ दुई जना महिला चस्मा पसलभित्र पसे।

पसलेले भने, ‘खै चस्माको पर्चा दिनुस् त, पावर कति रहेछ हेर्नुपर्‍याे!’

‘हामीले त्यस्तो पावर भएको चस्मा खोजेको होइन, पावरविनाको चस्मा खोजेको  छैन कि क्या हो!’ रूपाले भनिन्।

पसलेले हत्तारिंदै उत्तर फर्काए, ‘किन नहुनु नि! मेरो पसलमा जस्तो चाहियो त्यस्तै चस्मा छन्!’ भन्दै उनले एउटा चस्मा निकालेर देखाए।

पार्वतीले चस्मा हातमा ओल्टाईपल्टाई गर्दै खिस्याइन्, ‘यो के चस्मा देखाउनुभएको। यस्तो चस्मा पनि लाउँछौँ त हामी?’

पसलेले सम्झाउँदै भन्यो, ‘यो धेरै राम्रो चस्मा हो। घाम लागेको बेलामा कालो हुन्छ, अनि घाम नलागेको बेलामा आफैं सेतो हुने चेन्जेबल चस्मा हो। आँखालाई निकै राम्रो गर्छ।’

रूपाले कुरा प्रष्ट पारिन, ‘हामीलाई आँखामा लगाउने चस्मा चाहिएको होइन के!’

‘आँखामा लाउने नभए कहाँ लगाउने चस्मा चाहियो त तपाईहरूलाई?’ पसलेले आश्चर्य व्यक्त गरे।

पार्वतीले रहस्य खोलिन, ‘हामीलाई चाडवाड, विहे व्रतबन्ध र घुमघाममा टाउकोमाथि राख्ने कालो चस्मा चाहिएको हो क्या!’

प्रकाशित: ३२ श्रावण २०८१ ०८:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App