२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

रिटिङ-रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो!

रिटिङरिटिङ नबजाऊ बिनायो

बिनायोले मनले छिनायो सान्नानी 

ऐयाया आक्काका...!

उक्त मीठो गीतको गायक नेपाली लोकसङ्गीतका प्रतिभाशाली गायक लक्ष्मीप्रसाद (एलपी) जोशीलाई अब हामी कहिल्यै भेट्दैनाैं।

पूर्वी नेपालको गाउँबस्तीबाट अंकुराउँदै उनी देशविदेश झ्याम्मिंदै पुगेका थिए। विसं १९९३ सालमा पूर्वी नेपालकाे धनकुटा बिचबजारमा जन्मिएका उनी छोराको घर झापाको दमकमा बस्दै आएका थिए। बिहीवार साँझ आफ्नै घरमा खाना खाएपछि उनी अचानक बेहाेस भएका थिए। उपचारका लागि उनलाई अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा उनकाे लाइफ लाइन अस्पतालमा ८८ वर्षको उमेरमो निधन भएको हाे। उनी लामो समयदेखि मधुमेहबाट ग्रसित थिए।

वास्तविक नाम लक्ष्मीप्रसाद जोशी भए पनि उनी एलपीकै नामबाट नेपाली सांगीतिक क्षेत्रमा कहलिएका थिए। उनका बाबा कृष्णमानसिंह जोशी मीठाे भजन गाउँथे। उनकै प्रेरणाले उनी संगीत क्षेत्रपट्टि झ्याम्मिएका थिए।

‘रिटिङरिटिङ नबजाउ बिनायो’ २०१८ सालमा रेडियो नेपालमा रेकर्ड गरिएकाे थियाे। २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जोशी र जनकवि केशरी धर्मराज थापाका गीतहरू एकनासले बज्दै थिए। २०११ सालमा थापासँग नजिकिएका उनी गाउँबस्तीका मौलिक गीतको खोजीमा खुब लागिपरेका थिए। त्यही क्रममा उनले संकलन गरेका थिए ‘रिटिङरिटिङ नबजाउ बिनायो..!’

२०५३ सालमा लोचन भट्टराईले साथमा उनको म्यूजिक नेपालबाट रिटिङरिटिङ नामको गीति एल्बम निकालेका थिए। उनले रेडियो नेपालमा रेकर्ड गराएको ‘रिटिङरिटिङ नबजाऊ बिनायो’ पहिलो भने थिएन। २०१३ सालमै रेडियो नेपालबाट उनले ‘नेपाली माया नेपालै कस्तो छ, सरमा सर अक्षर लेख्ने नेपाली माया नेपाली कागजैमा’ गीत रेकर्ड गराएका थिए।

सुनेकाे कुरा टपक्क टिप्ने खुबी थियो उनमा। प्राय: उनका सबै गीत जनजनको हृदयमा झुन्डिएका छन्। निरन्तर साधना, जादुमय कौशल र मीठो स्वरको कारण उनी विभिन्न सम्मान र पुरस्कारबाट सम्मानित भए। २०१९ सालमा राष्ट्रव्यापी लोकगीत सम्मेलनमा तत्कालीन राजा महेन्द्रबाट उनले स्वर्ण पदक थापेका थिए। उनले २०५९ सालमा रेडियो नेपालबाट पनि  सुप्रसिद्ध लोकगायकको उपाधि पाएका थिए।

त्यस्तै लोकसंगीतकै क्षेत्रमा योगदान गरेबापत २०२२ र २०२९ सालमा उत्कृष्ट लोक गायक सम्मान, २०६७ सालमा संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान सम्मान, २०६२ सालमा वाणी प्रकाशन, २०७७ सालमा स्वर सम्राट नारायण गोपालको ३० औ स्मृति दिवस जस्ता ख्याति प्राप्त संघसंस्थाबाट सम्मान र अभिनन्दन पाएका थिए।

अभिनय, नृत्य, चित्रकला र साहित्य क्षेत्रमा पनि उनकाे रस भिजेकाे थियाे। चलचित्र ‘हिजो आज भोलि’ मा उनले नायिका भुवन चन्दसँग कुशल नायकको भूमिका निर्वाह गरेका थिए। उनले नाै चलचित्रमा अभिनय गरेका छन्।

उनी निकै रउसे थिए। उनी जहाँ पुगे पनि गीत गाउने छाेड्दैन थिए। उनी जति रउसे थिए, उत्तिकै हक्की पनि थिए। इलाम हाइस्कूलका प्रधानाध्यापक डीबी गौतमलाई विनाकारण गरिएको गिरफ्तारीविरुद्ध लड्दा उनी जेल पनि पुगेका थिए।

सबैका आआफ्नै खाले कथाव्यथा हुन्छ नै। उनकाे पनि छुट्टै जीवन भाेगाइ थियाे। २०२५ साल चैत ४ गते विन्दासँग प्रणयसूत्रमा बाँधिएका उनले २०६८ साल कात्तिक १८ गते उनीसँगकाे मीठाे साथ गुमाउनुपरेकाे थियाे। अनेक पीडा झेल्दै भए पनि उनी रूचिकाे क्षेत्रमा लागिरहे। त्यसैले उनी नयाँ पुस्ताका लागि प्रेरणाकाे स्राेत बनेका थिए।

गीत, संगीत र मौलिक संस्कृति संकलन र जगेर्नाका क्षेत्रमा खटेका उनले किराती समुदायको बाजा ‘बिनायो’लाई चिनाएका थिए। उनलाई पनि ‘रिटिङरिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ गीतले प्रसिद्धीकाे शिखरमा पुर्‍याएका थिए। रेडियो नेपालमा रेकर्ड भएको उनको यो गीत चलचित्र ‘हिजो-आज-भोलि’ मा समेटिएको पनि समेटिएकाे छ। रेडियो नेपालमा उनका तीन दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन्।

यी जस्तै ‘खिपीमा खिपी बिनायो बाजा मुखैको तालमा बज्दै छ गम्केर चट्टै’, ‘मादलै बज्यो घिन्ताङमा घिन्ताङ-ढोल बज्यो घुम्घुम्ती’, ‘वल्लो खोलो पल्लो खोलो कमिलाको गोलो भनेर’, ‘केको माला केको माला सुपारीको माला’ उनले गाएका अति लोकप्रिय गीत हुन्।

गायक फत्तेमानले गाएको लोकगीत ‘मादलै बज्यो घिन्ताङमा घिन्ताङ’ , पुष्प नेपाली र रुवी जोशीले रेकर्ड गरेको ‘कान्छी मट्याङ-ट्याङ’ गीत जस्ता उनले दर्जनाैं गीत संकलन गरेका छन्।

उनले २०१३ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराएका थिए। २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जोशीले जनकवि केशरी धर्मराज थापासँग काम गर्न पाएकाे अवसरले उनी निकै अगाडि बढ्न पाए। उनी गत महिना राष्ट्रपतिबाट सम्मानित भएका थिए। जोशीका रेडियो नेपालमा रेकर्ड ४५ मध्ये अधिकांश गीत अझै चर्चित छन्। उनले २०१३ सालमा पहिलोपटक ‘नेपालको माया, नेपाल कस्तो छ’ बोलको गीत रकेर्ड गराएका थिए। उनले सयाैं गीत गाए पनि मौलिक बाजा बिनायोले नै उनलाई चर्चामा ल्याएका थिए।

त्यस्तै गीत–संगीत र मौलिक संस्कृति जगेर्नाका क्षेत्रमा खटेका जोशीलाई जनस्तरबाट ‘लोकगीतका सम्राट’को उपाधि दिइएको थियो।

उनले ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’, ‘वल्लो खोलो पल्लो खोलो, कमिलाको गोलो हजुर’, ‘निगालो घारीमा च्याखुरा नाच्यो’, ‘कान्छी मट्याङट्याङ’ लगायत दर्जनौं कालजयी गीत गाएका थिए। ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’ गीत २०१७ सालमा रेकर्ड भएको थियो।

विसं २०१३ मा उनको पहिलो गीत ‘नेपालको माया’ रेडियो नेपालमा रेकर्ड भएको थियो। नेपाली मौलिक गीतहरूको खोजमा मुलुकका सयौं गाउँबेंसी घुमेका थिए। विसं २०५३ मा म्यूजिक नेपालबाट उनको ‘रिटिङरिटिङ’ नामक एकल गीति एल्बम बजारमा आएको थियो।

प्रकाशित: ११ श्रावण २०८१ ०९:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App