१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला

आवादी भए सामाजिक सञ्जाल,बाँझो खेत अनि बारी छ यहाँ!

मुक्तक

१) मुक्तक

मन नपरेको व्यवहार कुन हो तिमीलाई,

लगाउन नसकेको त गुन हो तिमीलाई।

दिएँ सबै, छैन दिनलाई बाँकी बक्यौता,

झारेर दिन नसकेको जून हो तिमीलाई।

२) मुक्तक

धानको रोपाइँ जारी छ यहाँ,

बोरा चामलको पारि छ यहाँ।

आवादी भए सामाजिक सञ्जाल,

बाँझो खेत अनि बारी छ यहाँ।

३) मुक्तक

काम केले अड्किन्छ पत्तो हुँदैन,

बन्दुक कहाँ पड्किन्छ पत्तो हुँदैन।

एकनासले जीवन कहाँ चल्छ र!

खाँचो केको खड्किन्छ पत्तो हुँदैन।

४) मुक्तक

रहन्न चढ्ने धर्ती सगरमाथा चुमेपछि,

लाग्ने छैन विश्वास एकपटक गुमेपछि।

स्वर्ग यहीं हो शायद खोज्नु पर्दैन हजुर,

फर्किएको कोही छैन स्वर्गलोक घुमेपछि।

५) मुक्तक

उस्तै छ आदत हटेको छैन,

सम्झना तिम्रो घटेको छैन।

गुनासो कति गरेको प्रिय,

अति छ माया अटेको छैन।

प्रकाशित: २७ असार २०८१ १३:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App