२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

मनिषा भन्छिन्ः म सधैँ गलत मान्छेकै प्रेममा परे

बलिवुड अभिनेत्री मनिषा कोइरालाले आफ्नो निजी जीवनबारे खुलेर बोलेकी छिन्। बलिवुडमा विभिन्न सफल चलचित्र दिइसकेकी उनले निजी जीवनबाट भने आफू खुशी नभएको बताएकी छिन्।

फिल्मफेयरलाई दिएको एक अन्तर्वार्ताको क्रममा उनले आफूले सधैँ गलत मान्छेलाई मात्रै प्रेम गरेको बताइन्।

उनले आफ्नो पुरानो सम्बन्धको बारेमा कुरा गर्दै भनिन्, ‘विगतमा गलत मानिसलाई मात्रै मैले प्रेम किन गरे थाहा छैन। म सोच्थे, म किन बारम्बार यस्तो गर्दैछु या फेरि म भित्र नै कुनै समस्या छ। जो म पटकपटक गलत मानिसप्रति आकर्षित हुन पुग्छु।’

उनले थपिन्, ‘मैले यति मात्रै बुझे की मलाई जसले समस्या दिँदैछ त्यसलाई मात्र ठीक गर्न आवश्यक छ।’

पछिल्लो ५–६ वर्षदेखि आफू एक्लै रहेको भन्दै उनले तत्कालै विवाह गरिहाल्ने वा प्रेममा परिहाल्ने मूडमा नरहेको पनि बताइन्। उनले मैले आफूमाथि अझै काम गर्न बाँकी रहेको हुँदा त्यसमै म केन्द्रीत रहने बताइन्।

५३ वर्षीया मनिषाले भनिन्, ‘मलाई आशा छ आउने दिनमा मेरो जीवनको कुनै मोडमा मलाई यस्तो कनेक्सन भेट्नेछ, जसले मलाई बुझ्न सक्छ। र, म त्यस्तो सम्बन्धमा आउन चाहन्छु जहाँ एकले अर्कालाई स्वीकार गर्छ।’

सम्बन्धमा एक अर्कालाई साथ दिन तपाईं सक्नु हुन्छ वा सक्नु हुँदैन भनेर बुझ्न पनि आवश्यक रहेको उनको भनाइ छ।

आफूलाई कस्तो जीवनसाथी चाहिन्छ भन्ने विषयमा पनि उनले बताइन्। उनले भनिन्, ‘म यस्तो मानिससँग बस्न चाहन्छु जसले सपना देख्छ, जसको महत्त्वाकाङ्क्षा होस्। किनकी म एकदमै प्यासनेट छु।’

उनले सुनाइन्, ‘एक्लोपन बोयफ्रेन्ड वा पार्टनरले हटाउन सक्छ भन्ने मलाई लाग्थ्यो तर, मसँग त्यस्तो कहिले भएन। समय र उमेरसँगै मलाई लाग्न थाल्यो मैले आफ्नो वरपर धेरै नै काम नलाग्ने मानिसलाई राखेको छु।’

मनिषाले सन् २०१० मा नेपाली बिजनेसम्यान सम्राट दाहालसँग विवाह गरेकी थिइन्। तर, उनको विवाह २ वर्षमै सकियो। र, दुबैजनाले सम्बन्ध विच्छेद गरे।

प्रकाशित: २४ असार २०८१ १३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App